Logo
Logo

कोरोनाबाट अर्का भूपूगोरखा सैनिकको मृत्यु, बेलायतमा निधन हुने नेपाली १० पुग्यो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ४ बैशाख । बेलायतको लण्डनमा कोरोनाका कारण थप एक भूपू गोरखा सैनिकको मृत्यु भएको छ ।
लण्डनको प्लमस्टिडमा बस्दै आएका अन्दाजी ५५ वर्षीय लक्ष्मण श्रेष्ठको उपचारका क्रममा गाइज अस्पतालमा बुधाबार मृत्यु भएको श्रेष्ठसँग एउटै पल्टनमा सँगै काम गरेका भूपू गोरखा सैनिक भोज बरालले जानकारी दिए । स्जाङजा स्थायी घर भई केही वर्ष पोखरा लेकसाइड बसाइँ सरेका श्रेष्ठ हाल लण्डनमा बस्दै आएका थिए ।
गत दुई हप्तादेखि खोकी र ज्वरो आएर अस्पताल भर्ना भएका श्रेष्ठलाई पछिल्लो समय भेन्टिलेटरमा राखी उपचार गरिए पनि कुनै सुधार नभएको बरालले बताए । अहिलेसम्म सार्वजनिक भएअनुसार कोरोनाकै कारण बेलायतमा निधन हुने नेपाली १० पुगेका छन् । तीमध्ये सात पूर्वगोरखा सैनिक छन् । रासस

प्रतिक्रिया दिनुहोस्