Logo
Logo

कैदीको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

चितवन, ४ बैशाख । कारागार कार्यालय चितवनका एक कैदीको मृत्यु भएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १४ का प्रितमबहादुर कुर्मीको मृत्यु भएको हो ।
लागुऔषध मुद्दामा विसं २०७३ मा जिल्ला अदालत बाँकेले छ वर्ष कैद र रु १० हजार जरिवाना तोकेका कुर्मीको बिहीबार राति मृत्यु भएको हो । अर्बुदरोगका कारण कुर्मीलाई विसं २०७४ वैशाख १६ गते कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँबाट चितवन पठाइएको थियो । पेटको अर्बुद रोगको उपचारका क्रममा उनको मृत्यु भएको काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्