Logo
Logo

नेपालमा कोरोनाविरुद्ध रोटरी


मोहनकृष्ण श्रेष्ठ

0
Shares

  • मोहनकृष्ण श्रेष्ठ, पूर्वराजदूत तथा प्रेसिडेन्ट, रोटरी क्लव अफ डिल्लीबजार

मानव सेवालाई सर्वाेतम सेवाको रुपमा मान्ने रोटरीको मूलमर्म हो । देशमा विगतमा घटेका विभिन्न दैवीप्रकोप तथा अन्य कठिन अवस्थामा पनि रोटरी क्लवले सहयोग गरिआएको छ । हाल पनि कोरोनाका कारण सिर्जना भएको कठिन परिस्थितिलाई ध्यानमा राखी नेपालका रोटरी क्लवहरुले जनतालाई सकेको राहत पुर्याएका छन् । देशमा छरिएर रहेका कुल १२४ रोटरी क्लवहरुमध्ये कतिपयले आ-आफ्नो किसिमले नेपाली जनतालाई सहयोग गर्दै आएका छन् ।
रोटरीका सदस्यहरुले रक्तदान गर्ने देखि, खाद्य पदार्थहरुको वितरण, मास्क तथा अन्य आवश्यक सामानहरु प्रदान गरेका छन् । झण्डै ८० लाख रुपैयाँ बराबरको राहत सामानहरु उपलव्ध गराएको छ । जनतालाई कोरोनाबाट प्रभावित हुन नदिन उपयुक्त माध्यमबाट चेतनामूलक कार्यक्रमहरु पनि गर्दै आएको छ ।
रोटरी क्लवहरुका प्रमुख डिष्ट्रिक्ट गनर्भर किरणलाल श्रेष्ठले सम्पूर्ण रोटरी क्लबहरुको तर्फबाट प्रधानमन्त्री कोरोना कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ । विशुध्द मानवीय सेवा तथा स्वेच्छिक आर्थिक योगदानबाट रोटरी क्लवका क्रियाकलापहरु चलिआएका छन् । हुनेले नहुनेलाई र सक्नेले नसक्नेलाई सहयोग पुर्याउनु नै रोटरीको मुख्य उद्देश्य हो । रोटरी भनेको मनकारी व्यतिmहरुको संगमस्थल हो ।
रोटरीले गर्ने प्रमुख कार्य भनेको कोरोनाविरुद्ध चेतना फैलाउने र यसबाट प्रभावित जनतालाई राहत पु¥याउने नै हो । यी कामहरु नेपालमा रहेका रोटरी क्लवहरुले तदारुकताका साथ गरिआएका छन् । रोटरीको अर्काे मह्त्वपूर्ण उद्देश्य भनेको विश्वबाट पोलियोलाई उन्मुलन गर्ने हो । यसमा पनि रोटरी निन्तररुपमा लागिपरेको छ । रोटरी आफ्नो उद्देश्यमा कटिवद्ध छ । रोटरी जनताप्रति रहेको आफ्नो घोषित उद्देश्य तथा जिम्मेवारीप्रति सचेत भइ लागिपरेको छ । विश्वमा मानवीय मुल्यमान्यता तथा आपसी भाइचाराको भावनालाई प्रवद्र्र्धन गर्ने कार्यमा रोटरी सन् १९०५ देखि लाग्दै आएको छ ।
कोरोनाले त्राहीमाम पारेको यस समयमा हामी नागरिकले आ-आफ्नो जिम्मेवारी वोध गरी निम्न कामहरु गर्नु आवश्यक छ ।
नीजी स्वास्थमा विशेष ध्यान दिने । सरकारको तर्फबाट जारी गरिएका निर्देशनहरुलाई पालना गर्ने । बाँचौँ र अरुलाई पनि बाँच्न दिउँ भन्ने धारणाबाट अभिप्रेरित हुने । आफूसँग उपलब्ध सत्य जानकारीहरु सामाजिक सञ्जालबाट अन्यलाई जानकारी गराउने । समाजलाई आफूले सकेको सहयोग प्रदान गर्ने ।

प्रकाशित मिति : बिहीबार, ४ बैशाख २०७७

प्रतिक्रिया दिनुहोस्