काठमाडौं । नेपाल बैंकले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको परिसरका सडकमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक डिभाइडर सहयोग गरेको छ ।
बैंकको कीर्तिपुर शाखामा एक कार्यक्रम आयोजना गरी शाखा प्रबन्धक नारायणप्रसाद दाहालद्वारा विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्रा.डा. ध्यानेन्द्रबहादुर राईलाई सडक डिभाईडर हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा प्रा.डा. राईले नेपाल बैंकले त्रिभुवन विश्वविद्यालय परिसरको सडक दुर्घटना न्यूनीकरणका साथै सडक प्रयोगकर्ताको सुरक्षाका लागि संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा धन्यवाद दिए । बैंकका शाखा प्रबन्धक दाहालले बैंक र विश्वविद्यालयबीच युगौंंदेखि रहेको सम्बन्ध बलियो बनाउन चाहेको बताए ।