काठमाडौं । नेपाल बिमा प्राधिकरणले केही सञ्चार माध्यमहरूले प्रकाशन गरेको मन गढन्ते समाचारहरू प्रकाशित गरी पितपत्रकारिता गरिरहेको बताएको छ ।
प्राधिकरणले केही सञ्चार माध्यमहरूले प्राधिकरण र कार्यरत कर्मचारीहरूको चरित्र हत्या गर्ने गरी भ्रामक, तथ्यहीन तथा कपोलकल्पित मन गढन्ते रूपमा प्रकाशन गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘मनोगत कुण्ठा पोख्न र कसैको स्वार्थ पूर्ति गर्ने ध्येयले प्रकाशन गरिएका कपोलकल्पित र मन गढन्ते समाचारप्रति खेद व्यक्त गर्दै यस्ता भ्रमपूर्ण समाचार लेखी पत्रकारिताको धर्म विपरीत पत्रकारिता भइरहेको तर्फ सम्पूर्ण सरोकारवालाहरूको ध्यानाकर्षण गराइन्छ’ प्राधिकरणले सूचनामार्फत भनेको छ ।
प्राधिकरणले केही सञ्चार माध्यमहरूले एकतर्फी रूपमा मनलागी किसिमले सार्वजनिक निकायका पदाधिकारी, कर्मचारीकोमा समेत नकारात्मक असर पर्ने गरी कसैको स्वार्थ पूर्तिका लागि समाचार प्रकाशन गरिएको जनाएको छ । प्राधिकरणले यस्तो मनोगत कुण्ठा पोख्न र कसैको स्वार्थ पूर्ति गर्ने ध्येयले प्रकाशन गरिएका कपोलकल्पित र मन गढन्ते समाचारप्रति खेद व्यक्त गरेको छ ।
प्राधिकरणले भनेको छ, ‘प्राधिकरणका रिक्त पदहरूमा पदपूर्तिको प्रक्रिया प्रारम्भ नै भई नसकेको अवस्थामा पत्रकारिताको मर्यादा विपरीत प्रकाशित कपोलकल्पित, भ्रामक र तथ्यहीन त्यस्ता समाचारमा कुनै सत्यता नरहेको ब्यहोरा सम्बन्धित सरोकारवाला तथा सर्वसाधारणमा जानकारी गराइन्छ ।’