काठमाडौैं, ५ बैशाख ।
गृह मन्त्रालयले नेपाल प्रहरीका १० एसएसपीलाई डिआईजीमा बढुवाको निर्णय गर्दैछ । बढुवा सिफारिस उपर उजुरी नपरेपछि शुक्रबार नै बढुवा गरेर पदस्थापन गर्न लागेको हो ।
धेरै डिआईजीको जोड प्रदेशमा छ । प्रदेशका ६ पद यतीबेला रिक्त छन् । अन्यत्र कुन कुन दरबन्दी कटौती गर्ने र कहाँ कहाँ राख्ने भन्ने पनि गृहले आजै टुंगो लगाउने छ ।
घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्त पन्त, ईश्वरबाबु कार्की, सहकुल थापा, धिरज प्रताप सिंह, उत्तम सुवेदी, बसन्त लामा, रबिन्द्र धानकु, अरुण बिसीको डिआईजीमा बढुवा हुन लागेको हो ।
डिआईजी बढुवा र पदस्थापनसँगै एसएसपीको पनि सरुवा पनि गर्न लागिएको छ । डिआईजी बढुवासँगै महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा लगायत कार्यालयहरु रिक्त हुने भएकाले ती निकायका सरुवा गर्न लागिएको छ ।
जसमा उमेशराज जोशी, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, दीपक थापा लगायतको प्रतिस्पर्धा छ ।
हाल गृहमन्त्री तथा आईजिपी अलपत्र नेपालीको व्यवस्थापनबारे छलफलमा रहेको र सो बैठक समयमै सकिएमा आज निर्णय हुने सम्भावना रहेको गृह मन्त्रालयका एक अधिकारीले बताए । नत्र शनिबार यसबारे निणय हुने सम्भावना छ ।