Logo
Logo

घनश्याम भुषालको ध्यान कृषकका समस्यामा, समस्या बुझ्न कार्य समूह गठन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ बैशाख ।
कृषि मन्त्री घनश्याम भुषालले कृषकका समस्यामा ध्यान दिन निर्देशन दिएका छन् । उनले कृषि क्षेत्रका समस्या समाधानका लागि द्रुत कार्य समूह गठन गरेको छ। लकडाउनका समयमा पनि खाद्यवस्तुको उत्पादन तथा आपूर्ति सुचारु राख्ने निर्णय कार्यान्वयनका लागि सहजीकरण गर्न उक्त समूह गठन भएको हो।

लकडाउनका समयमा उत्पादन तथा आपूर्तिलाई निरन्तरता दिन मन्त्रालयले आग्रह गरेको छ। अत्यावश्यक खाद्यवस्तु (खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दूध, मह, दाना, अण्डा, च्याउ) आपूर्ति, ढुवानी तथा बिक्री वितरणलाई निरन्तरता दिन मन्त्रालयले आग्रह गरेको छ।
त्यस्तै कुखुरा, खसिबोका, पराल, भुसा, साइलेज, ढुटो, मौरीघार, गोबरमल, रासायनिक तथा प्रांगारिक मल, बीउबिजन, जीवनाशक विषादीहरु पशुपन्छीका औषधिहरु, दाना आहारा, चल्ला बेच्ने पसलहरुका सेवा स्थानीय प्रशासनसँग समन्वय गरी सुचारु गर्न मन्त्रालयले अनुरोध गरेको हो।


ल्कडाउनका कारण कृषकका उत्पादन बजारमा पुग्न सकेको छैन । जसकारण किसानहरु ऋणमा डुब्ने जोखिम छ ।

प्रतिक्रिया दिनुहोस्