Logo
Logo

ओखलढुङ्गाको मोलुङ-५ का वडाध्यक्ष कार्कीको निधन


2.2k
Shares

काठमाडौं । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएको छ । हड्डीको क्यान्सरबाट पीडित ५० वर्षीय कार्कीको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका निधन भएको हो । कार्कीका श्रीमतीसहित एक छोरा, एक छोरी रहेका छन् ।

गत स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष कार्कीको निधनको शोकमा मोलुङ गाउँपालिकाले बिहीबार एक दिन गाउँपालिका अन्तर्गतका कार्यालयमा शोक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्