- नन्दा थापा
बाजुरा, ५ बैशाख । कोरोना भाईरस, कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशलाई पुरै लकडाउन गरेको आजसम्म आईपुग्दा २४ दिन भयो । जसको प्रत्यक्ष मारमा कृषकहरु परेका छन् । उनीहरुको बारीमा लगाएको तरकारी बारीमै कुहिने संभावना धेरै छ । जुन समस्यालाई मध्येनजर गर्दै कृषि ज्ञानकेन्द्र बाजुराले तरकारी बारीमै पुगेर समस्याको हल गरिहेको छ ।
बढीगंगा नगरपालिका २ ताप्राका कृष्णबहादुर थापाको बारीमा ५ कुईन्टल आलु थियो, उनले बारीबाट निकालौं र विक्री गरौं भन्ने वित्तिकै देशमा लकडाउन लाग्यो । तर उनी निराश भएनन, झन घरमै कृषि ज्ञानकेन्द्र्रको गाडी पुगेपछि खुसी भए । उनले भने, मैले मेरो आलु बारीमै कुहिन्छ भनेर चिन्ता लिएको थिए तर ज्ञानकेन्द्र बाजुराको गाडी घरमै आएर लिईदिएपछि खुसी भएको छु । ज्ञानकेन्द्रले मेरो बारीबाट १५ हजार मुल्य बराबरको आलु मार्तडी बजारमा लिएर बिक्री गरिदिएको छ उनले भने ।
ताप्राकै सुनिल थापाको समस्या पनि उस्तै छ । अहिले खेतको आलु निकालेर धानको बेर्ना राख्ने बेला भयो । उनलाई पनि आलु निकालेर बजारमा विक्रि गरौंला अनि त्यसैमा धानको बेर्ना राखौला भन्ने योजना थियो । लकडाउनका कारण त्यो योजना धन्न विफल भईसकेको थियो तर कृषि ज्ञानकेन्द्र बाजुरा आफ्नै गाडी लिएर बारीमा पुगेपछि उनलाई योजना अनुसार काम गर्न सजीलो भएको छ ।
उनले भने लकडाउनको समयमा घरबाट तरकारी लिएर जाँदा मलाई ठुलो राहात भएको छ । उने फेरी थपे, बजारमा आउने जाने समय तरकारी बारीमा लगाएको छु, खेतबारीमा काम गर्न उत्साह जागेको छ, अरु बेलाको भन्दा लकडाउनभएपछि सरकारले काम गर्दोरहेछ भन्ने महसुस गरेको छु । थापाको बारीबाट पनि ज्ञानकेन्द्र बाजुराले २ लटमा ७ हजारबराबरको आलु बजारमा पुर्याईदिएको छ ।
रैथाने तथा अग्रानिक मलको प्रयोगले यहाँको तरकारी जिल्ला बाहीरको जती राम्रो देखिदैन त्यसकारण कृषकहरु बजार पाउदैनौ कि भन्ने मनसायले कमै तरकारी गर्दथे तर अहिले देशमा पुरै लकडाउन लागेपछि बाजुराका कृषकले उत्पादन गरेको तरकारीले मार्तडी बजार धानीरहेको छैन । खेतीमा लागेका कृषकहरु लागि यो सिकाई र मौकाको बेला भएको छ । भारतको तरकारी पुरै ठप्प छ । बुढीगंगा नगरपालिका २ का वडाअध्यक्ष हिरालाल थापाको पनि आफ्नो वडाको तरकारी जिल्लाभरीकै लागि पुर्याउने पुर्वयोजना थियो । उनको योजना पनि लकडाउनले सफल भएको छ । उनी भन्छन्, अरुबेला बनाएका योजना नारामै सिमीत छन् यो पालिका योजना भने सफल भयो, मैले कृषकहरुलाई तरकारीको विउ वितरण गर्दा नै तरकारी विक्री गर्ने मेरो जिम्मा हुन्छ भनेको थिए, त्यो भयो ।
कृषकहरुलाई कृषि पेसाबाटै आत्मनिर्भर बनाउन विभिन्न अभियानका साथ लागिरहेको कृषि ज्ञान केन्द्र बाजुराले ताप्राका कृषहरुको अहिले उत्पादन भईरहेको आलुमा पनि अनुदान थियो । जुन पकेट क्षेत्र बनाएर १५ घरपरिवारले आफ्नो जग्गामा लगाएका छन् । अहिले १५ जनाको आलु अरुसंगसंगै विक्रि भईरहेको छ । ७ क्विन्टल विउबाट उत्पादन भएको आलु कृषि ज्ञानकेन्द्रले बजारमा ओसारीरहेको छ । ताप्राको आलु मात्र होईन दैनिकजसो साफेमार्तडी सडकखण्ड वारपारको तरकारी आफ्नै ढुवानी र ज्ञानकेन्द्रका प्रमुख गोविन्द्र सिजापपितको सक्रियतामा दैनिक मार्तडीमा तरकारी पुगिरहेको छ ।
व्यवसायिक रुपमा तरकारी खेती गर्ने रजाली, ओलेना लगायत केही २० जना मात्र तल्लो क्षेत्रमा कृषकहरु छन् । अहिले हिउँदे बालीको सिजन हो । लकडाउनले प्रत्यक्ष कृषकहरुलाई असर परिरहेको छ । उक्त कृषकहरुको समस्यालाई मध्येनजर गर्दै ज्ञानकेन्द्र बाजुराले सडक वारपारका कृषकहरुको तरकारी मार्तडी बजार ल्याएर विक्री गरिरहेको छ । कार्यलय प्रमुख सिजापति भन्छन्, कृषकहरुको तरकारी बारीमा थन्कीएर कुहीन दिदैनौँ ।
सरकारले देशमा पुरै लकडाउन लगाएपछि सरकारी कामकाज देखि सबै क्रियाकलाप ढप्प छन् । सरकारले कार्यलयबाटै काम गर्न भनेपनि कृषकको काम कार्यलयभित्रैबाट हुन नसकेपछि आफै बारीको तरकारी ओसार्न लागिपरेको छु’ सिजापतिले भने । कृषकहरुसंग सामाजिक दुरी कायम गरी कृषि ज्ञान केन्द्र बाजुराले आफ्नै कार्यलयका गाडी प्रयोग गरेर तरकारी मार्तडी बजारसम्म पुरुयाईराखेको छ । किसानले सडकको छेउमा तरकारी राखिदिएका छन्, त्यो तकरकारी कार्यलयप्रमुख र सवारी चालक दुवै जनाले लोड गरेर मार्तडी बजार लिने काम भईरहेको बुढीगंगा नगरपालिकाका वडा अध्यक्ष हिरालाल थापाले बताए ।
तरकारी मार्तडी पुगेपछि तरकारी थोक विक्रेताले नै राख्ने गरेका छन् । उनीहरुबाट अरु उपभोक्ताले किनिरहेको व्यापारी बलबहादुर रोकायाले बताएका छन् । जसले गर्दा यता उपभोक्ता ताजा र अर्गानिक तरकारी उपभोग गर्न पाईराखेका छन् भने उता कृषकहरुलाई दोहोरो फाईदा भइराखेको छ । एक त दिनभरी बजार विक्री गर्न ल्याएको तरकारीले बजार र मुल्य पाउदैथियो भने अर्को समयको बचत हुँदा लकडाउको समयमा पनि एक्ला एक्लै अन्नबाली र तरकारी बालीको स्याहार सुसारमा व्यस्थ देखिएका छन । यसले गर्दा कृषकहरुलाई हौसला मिल्नुको साथै आफ्नै बारीमा काम गर्न थप जिम्मेवार बनाइदिएको छ ।