काठमाडौं, ५ बैशाख ।
नेपालमा कोरोना संक्रमणका नयाँ घटना एक्कासी बढेका छन् । शुक्रबार मात्र १४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उदयपुरको मस्जिदमा बस्दै आएका ११ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु भारतबाट आएका थिए । त्यस्तै, चितवनका दुई जनामा पनि दोस्रो पटक पिसिआरबाट गरेको रिपोर्ट पनि पोजेटिभ आएको छ । स्वास्थ्य स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा खेम कार्कीले शुक्रबार १४ जनाको रिपोर्ट पोजेटिभ आएको पुष्टि गरे । योसँगै नेपालमा संक्रमितको संख्या ३० पुगेको छ । स्वास्थ्य मन्त्रालयले नै विज्ञप्तीमार्फत यसको पुष्टि गरेको छ ।
परीक्षण बढाउँदै गर्दा संक्रमणको संख्या बढेको छ। यसले लकडाउनलाई झन् कडाई गर्ने दबाब सरकारमाथि बढेको छ ।