एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक मुद्दामा दोषी ठहर भएका आफ्ना छोरा हन्टर बाइडेनको सजाय माफी नगर्ने बताएका छन् ।
अवैध रूपमा हतियार खरिद गरेको र लागुऔषध प्रयोगको बारेमा झूट बोलेको अभियोगमा बाइडेनका छोरा हन्टर दोषी ठहरिएका छन् । गत हप्ता संघीय अदालतले हन्टरलाई दोषी ठहर गरेपछि बाइडेनले पहिलोपटक यस विषयमा प्रतिक्रिया दिएका हुन् ।
इटालीमा भएको जि–७ शिखर सम्मेलनमा बोल्दै उनले भने, ‘मेरो छोरालाई दिइएको कुनै पनि जेल सजाय घटाउन म आफ्नो शक्ति प्रयोग गर्नेछैन । र म उसलाई माफ गर्नेछैन । ’