काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा उठेका सवालहरूको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
सभामुख घिमिरेले प्रतिनिधिसभा बैठकको शून्य, आकस्मिक र विशेष समयमा उठेका विषयहरूमा सरकारको ध्यानाकर्षण गराउँदै जवाफका लागि रुलिङ गरेका हुन् ।
सभामुख घिमिरेले भने, ‘सांसदहरूले सदनमा शून्य, आकस्मिक र विशेष समयमा उठाउनुभएका विषयप्रति सरकारको ध्यानाकर्षण गराउनु चाहन्छु ।’
आजकै बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलले गरेको विदेश भ्रमण बारेमा संसद्लाई जानकारी गराउन माग गरेको थियो ।
पार्टीका प्रमुख सचेतक रमेश लेखकले राष्ट्र प्रमुख तथा कार्यकारी प्रमुख देशबाहिर जाँदा संसद्मा जानकारी गराउन माग गर्दै सभामुखको रुलिङ माग गरेका थिए ।