काठमाडौं । बागमती प्रदेश सरकारले स्वास्थ्य नीति २०८१ स्वीकृत गरेको छ । आज बिहान बसेको बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशको दोस्रो आवधिक योजना (आर्थिक वर्ष २०८१/०८२ देखि २०८५/०८६) स्वीकृत गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले मकवानपुरमा प्रदेश अस्पताल स्थापना गर्ने, आयुर्वेदिक औषधि उत्पादन संहिता र आयुर्वेद औषधिको ‘लेबल डिजाइन’ समेतर स्वीकृत निर्णय गरेको छ ।