Logo
Logo

नागरिक लगानी कोषद्वारा बोनस सेयर बाँड्ने प्रस्ताव


378
Shares

काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीलाई बोनस सेयर बाँड्ने भएको छ । कोषले १४ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव गरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार कोषको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९÷८० को आम्दानी बाँडफाँट विवरणबाट सेयरधनीलाई उक्त बोनस सेयर बाँड्न प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

यसअनुसार कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि गरिएको छ । उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेस गर्ने र उक्त लाभांश अर्थ मन्त्रालयबाट सहमति प्राप्त भई साधारणसभाबाट स्वीकृत भएपछि वितरण गरिने कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्