काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बृहत्तर जनकपुर क्षेत्रको करिब ९ हजार जमिन अतिक्रमणको विग अप्रेसन सुरु गर्ने बताएका छन् । पत्रकारहरुसँग कुरागर्दै मन्त्री लामिछानेले लगभग नौ हजार बिगाहा जमिन हिनामिना भएको रिपोर्ट आएको बताए । उनले रिपोर्ट अनुसारको जमिनको छिट्टै अप्रेसन सुरु गर्ने बताए ।
‘बृहत्तर जनकपुर क्षेत्रको करिब नौ हजार अतिक्रमित जमिनको गृह मन्त्रालयले विग अप्रेसन सुरु गर्दैछ’, मन्त्री लामिछानेले भने– ‘हुँदैछ गर्दैछौ, कुनै त्यस्तो नेता वा व्यक्तिलाई हामी बचाउँदैनौ ।’
उनले नेपाली जनताको भारी बोक्ने भन्दै अरू कसैको नबोक्ने पनि बताए । उनले सय दिनमा भएका कामको लिस्ट दिएर जुँगा नमुठार्ने भन्दै अब ऐतिहासिक काम गर्ने भन्दै सय दिनमा बेस निर्माण गर्ने काम गरेको दाबी समेत गरे ।