Logo
Logo

एम्बुलेन्स बिरामी बोक्नै मान्दैनन्


- दृष्टि न्युज/संवाददाता

0
Shares

सिन्धुपाल्चोक, ६ बैशाख । इन्द्रावती गाउँपालिकाको एम्बुलेन्सले निमोनियाबाट सिकिस्त भएका बिरामीलाई अस्पताल लैजान अस्वीकार गरेका छन् । निमोनियाको कारण सिकिस्त बनेका इन्द्रावती गाउँपालिका–७ पोखरेका गणेश रोक्कालाई भिमटारका एम्बुलेन्स चालकले अस्पताल लैजान अस्वीकार गरेका हुन् ।
गाउँपालिकाको तीन वटा एम्बुलेन्समध्ये कुनै एम्बुलेन्सले पनि बिरामीलाई अस्पताल लैजान नमानेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् । बिरामी रोक्काले अर्बुदरोगका कारण एउटा हात पनि गुमाइसकेका थिए । एम्बुलेन्स चालकले बिरामीलाई अस्पताल लैजान नमानेको इन्द्रावती गाउँपालिका–७ का वडा सदस्य तिलक रोक्काले बताए । उनका अनुसार गाउँपालिकाले तीन वटा एम्बुलेन्स चालकलाई आवश्यक स्वास्थ सामग्री उपलब्ध गराउँदासमेत एम्बुलेन्स चालकले बिरामी लैजान मानको छैनन् ।

प्रतिक्रिया दिनुहोस्