काठमाडौं, ६ चैत ।
नेपालकी दोस्रो कोरोना संक्रमित निको भएर घर फर्किएकी छिन्। साथै उनी मिडियामा समेत सार्वजनिक भएकी छिन् ।
टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा उपचाररत् १९ वर्षीया प्रसिद्धी श्रेष्ठ २७ दिनपछि आज डिस्चार्ज भएकी हुन्। मैतीदेवी स्थायी घर भएकी उनी ४ चैतमा फ्रान्सबाट नेपाल फर्किएकी थिइन् ।
उनलाई आज बिहान डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
ग्त १० चैतमा उनलाई कोरोना संक्रमणको पुष्टि भएको थियो । भोलिपल्टदेखि सरकारले सोही घटनाका कारण लकडाउन सुरु गरेको थियो ।
फ्रान्सबाट फर्र्किएपछि उनी घरमा छुट्टै कोठामा बसेकी थिइन् । उनको सावधानीले काठमाडौंमा कोरोना संक्रमण फैलन नपाएको चिकित्सकले बताएका छन् । डिस्चार्ज भएपछि उनी मिडियामै बोलेर आफ्नो परिचय खुलाएकी छिन् । नेपालमा ३० संक्रमितमध्ये उपचारपछि दुई जना ठिक भएको छ भने २८ जना अस्पतालमा छन् ।
अहिलेसम्म काठमाडौं, धादिङ, चितवन, बाग्लुङ, कैलाली, कञ्चनपुर, पर्सा, रौतहट र उदयपुरमा गरी ३० जनामा कोभिड(१९ संक्रमण देखिएको छ।