Logo
Logo

उत्तराखण्डमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु


945
Shares

एजेन्सी । भारत उत्तराखण्डको रुद्रप्रयाग जिल्लाको बद्रीनाथ राजमार्गमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । नोएडाबाट रुद्रप्रयाग जाँदै गरेको बस १५० मिटर गहिरो खाडलमा खस्दा १० जनाको मृत्यु भएको हो भने १३ जना घाइते भएका छन् ।

घटनामा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको त्यहाँका प्रहरी अधिकारीहरूले बताएका छन् । बसमा सवार यात्रुहरुको सङ्ख्या अझै बढ्न सक्ने गढवाल आइजी केएस नागन्यालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्