काठमाडौं । माछापुच्छ्रे बैंकले साढे १० लाख बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आइतबार सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० लाख ५६ हजार ९ सय १७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको जनाएको हो ।
सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाहरूले पनि आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सुन्धारामा रहेको जेडीए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको सेयर विभागमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन दिन सक्ने बैंकले जनाएको छ ।