Logo
Logo

महिन्द्र राय यादव पार्टीबाट निष्काशित


1.5k
Shares

काठमाडौँ । नेपाल समाजवादी पार्टीले नेता महिन्द्र राय यादवलाई पार्टीबाट निष्काशित गरेको छ। पार्टीले सांसद यादवसहित प्रदेश सांसद गंगानारायण श्रेष्ठ, रमेशप्रसाद यादव लगायतहरुलाई सदस्यबाट हटाइएको हो ।

यादव र श्रेष्ठ नेकपा माओवादी केन्द्रको रुख चिन्हबाट निर्वाचित भएरका हुन् । त्यसैले गर्दा यादव र श्रेष्ठको सांसद पद नजाने भएको छ ।

पार्टीले १२ जेठमा यादवसहित अन्य नेताहरुलाई पदबाट हटाउने निर्णय गरेको थियो । आयोगले नेपाल समाजवादी पार्टीको पत्र अनुसार, ३० जेठ, २०८१ मा उनीहरुलाई सदस्यबाट हटाई विवरण अद्यावधिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्