Logo
Logo

स्थानीयको मन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ७ बैशाख । चर्को घाम, त्यसमाथि सबै पसल बन्द । प्रहरीले सडकमा पहरा दिएकै छन् । तर, श्रम गरेर खानुपर्ने मजदूर भने सडकमा अलपत्र छ ।
यस्तो स्थितिमा केही न केही सहयोग गर्नुप¥यो भनेर कालिमाटीमा व्यवसायी गर्दै आएका धादिङका शिवकुमार थापाको पहलमा शनिबार १३५ जनालाई खाजा र मिनरल वाटर वितरण गरेको छ ।
कालिमाटी चोक, बल्खु, सानेपा, कलंकी हुँदै सुरक्षाकर्मीदेखि लिएर बाटोमा अलपत्र बटुवा तथा श्रमिकलाई राहतस्वरुप खाजा बाँडिएको थियो । उक्त कार्यमा स्थानीय विनोद श्रेष्ठ, राम श्रेष्ठ, राज जसवाल रमेश गुप्ता र रञ्जी गुप्ताले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्