Logo
Logo

डा. शेरबहादुर पुनलाई कारबाहीको कुनै तयारी छैनः स्वास्थ्य मन्त्रालय


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ७ बैशाख ।

डा शेरबहादुर पुन प्रकरण नयाँ माेडमा पुगेको छ । डा. पुन आफैंले बिज्ञप्ती जारी गरी मिडियामा आएजस्तो नभएको बताएका छन् भने स्वास्थ्य मन्त्रालयले समेत उनलाई कारबाही गर्ने कुनै तयारी नरहेको बताएको छ ।


शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पता सरुवा रोग विशेषज्ञ डा पुनलाई पदीय जिम्मवारीविपरीत मिडियामा बोलेको भन्दै स्पष्टिकरण सोधेर कारबाही गर्न लागिएको समाचार आएको थियो ।
मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा डा पुनलाई कारबाही बारे मिडियामा आएका सूचना तथा समाचारप्रति ध्यानाकर्षण भएको बताउँदै यस्तो दाबी गरेको हो।

यसअघि मन्त्रालयको फेसबुक पेजमा पनि उनीमाथि सामान्य छलफल गर्नका लागि मात्र बोलाइएको र कारबाहीको कुनै तयारी नगरेको दाबी गरेको थियो।

’डा. शेर बहादुर पुनलाई मन्त्रालयमा बोलाइएकोमा केही पत्र(पत्रिका तथा सामाजिक संजालमा सत्य तथ्य बंग्याई माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूको नाम समेत मुछि अनर्गल तथा दुष्प्रचार गर्ने कार्य भएकोमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ बिज्ञप्तीमा भनिएको छ ।
’जुनसुकै स्वास्थ्यकर्मीलाई आवश्यकतानुसार मन्त्रालयबाट खटाउने कार्य भैरहेको छ र यस्ता स्वास्थ्यकर्मीलाई सरकारले सतप्रतिशत भत्ता र २५ लाखको बिमा समेतको व्यवस्था गरेको छ ियस सन्दर्भमा सत्य तथ्य नबुझिकन अनर्गल प्रचार प्रसार वा लेख लेखाउने कार्य नगर्न नगराउनुहुन सचेत गराइन्छ,’ मन्त्रालयको फेसबुक पेजमा भनिएको थियो। पुनले पनि बिज्ञप्ती निकालेर यसबारे गलत प्रचार नगर्न भनेका छन् ।
स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण सोधेको तर आलोचना भएपछि आइतबार दुवै पक्षबीच सहमति भएको मन्त्रालय स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्