Logo
Logo

२१ वर्षीय युवा, जसले २१ दिनमा जिते कोरोना


वीरेन्द्र रावल

0
Shares

  • वीरेन्द्र रावल

धनगढी, ७ बैशाख । सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा उपचाररत कैलालीको लम्की चुहानगरपालिकाका युवक आइतबार अस्पतालबाट डिष्चार्ज भएका छन् । उनले २१ दिनपछि कोरोना जितेर घर फर्किका हुन् ।
लम्की चुहानगरपालिकाका राज बिक कोरोना संक्रमित भई सेती प्रादेशिक अस्पतालबाट १६ दिनअघि भर्ना भएका थिए । उनलाई कोरोना संक्रमण नेगेटिभ भएको पुष्टि भएपछि डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ ।


भारतबाट आएका लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ती युवकमा २२ चैतमा पिसिबारबाट कोरोना संक्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । उनी भारतको मुम्बईबाट चैत ११ गते गौरीफन्टा नाका हुँदै धनगढीको बाटो भएर नेपाल फर्किएका थिए ।
भारतबाट आएका उनलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । यससँगै नेपालमा कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुने उनी चौथो व्यक्ति भएका छन् ।

प्रतिक्रिया दिनुहोस्