काठमाडौं, ८ बैशाख । बलिउड अभिनेत्री अनुष्का शर्मा ‘लकडाउन’को अवधिमा हाल आफ्ना पति क्रिकेटर विराट कोहलीसँग समय बिताइरहेकी छन् । अरुबेला सधैं आ–आफ्नो काममा व्यस्त यी दम्पतिलाई लकडाउनले सँगै समय बिताउने मौका दिएको छ ।
अनुष्का पछिल्लो समय शाहरुख खान र कट्रिना कैफका साथ फिल्म ‘जिरो’मा देखिएकी थिइन् । त्यसयता नयाँ प्रोजेक्ट नगरेपनि उनी प्रायः व्यस्त छिन् । त्यसैले अरुबेला उनीहरुले एक–अर्कालाई विरलैमात्र समय दिँदै आएका थिए । तर, करिब एक महिना लामो यो लकगाउनमा उनीहरु घरमै बसेर फुर्सदको समय कटाउँदै आएको भारतीय अंग्रेजी पत्रकिा ‘टाइम्स अफ इण्डिया’ले जनाएको छन् । विराटले घरमै बसेर विभिन्न खेल खेल्नेदेखि लिएर हेयर स्टाइलसम्म गर्न भ्याएका छन् । उनीहरु दुवै आफ्ना फ्यानहरुसँग सोशल मिडियामा अपडेट हुँदै आएका छन् ।
आइतबार अनुष्काले आफ्नो इन्स्टाग्राम एकाउन्टमा एक भिडियो शेयर गर्दै लकडाउनको अवधिभर कार्यालयहरुले आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गर्न सल्लाह दिएका छन् । अनुष्काले लकडाउनका कारण सडकमा गाडी नभएकाले देशमा ट्राफिक र प्रदूषण घटेको बताएकी छन् ।
यसैबीच विराट र अनुष्काले कोरोनाभाइरस प्रकोपको बिरूद्ध लड्न प्रधानमन्त्रीको केरस कोषमा करिब तीन करोड सहयोग गरेका छन् । पछिल्लो एक साता यता भारतमा कोरोना भाइरसको संक्रमण तिव्ररुपमा फैलँदो छ । संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय तीन साता लामो लकडाउन घोषणा गरेको छ ।