काठमाडौँ, ८ बैशाख ।
संवैधानिक परिषदको गणपुरक संख्या घटाउने सम्बन्धी अध्यादेश पनि मन्त्रिपरिषदले स्वीकृत गरेको छ।
अध्यादेश स्वीकृत भएमा अब तीनभन्दा बढी सदस्यको निर्णयबाट पनि पदाधिकारी नियुक्त हुन सक्नेछन्। मन्त्रिपरिषदको सोमबारको बैठकले अध्यादेश स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको हो।
अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार लगायत संवैधानिक निकायमा नियुक्ति गर्न लागेका हुन् । विवाद हुँदा जहाँ लामो समयदेखि आयुक्त पद रिक्त छन् ।
हालको संवैधानिक व्यवस्था अनुसार परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलका नेता र उपसभामुख समेत सदस्य हुने व्यवस्था छ। प्रधानन्यायाधीश सिफारिसमा भने कानुनमन्त्री पदेन सदस्य हुने संवैधानिक व्यवस्था छ।
सोमबारको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याएर दल फुटाउन सजिलो गराउने निर्णय समेत भएको थियो ।
देश कोरोनाले आक्रामन्त भएको बेला यसरी विभिन्न अध्यादेश ल्याउन लागेपछि तरंग उत्पन्न भएको छ ।