Logo
Logo

नेकपामा तरंग, बालुवाटारमा आकस्मिक सचिवालय बैठक


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ८ बैशाख ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले दुई वटा अध्यादेश ल्याउने निर्णयपछि सत्तारुढ दल नेकपाभित्र तरंग उत्पन्न भएको छ । बालुवाटारमा आकस्मिक रुपमा सचिवालयको बैठक बोलाइएको छ ।

मन्त्रिपरिषद्ले संसदीय समितिमा ४० प्रतिशत सदस्यले पार्टी फुटाउन सक्ने अध्यादेश ल्याउने निर्णय गरेको छ। त्यस्तै संवैधानिक परिषद्मा तीन जनाले पनि नियुक्ति गर्न सक्ने अध्यादेश पनि ल्याउन लागिएको छ ।

नेकपाभित्र द्वन्द्व बढेपनि पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याउन लागिएको आँकलन गरिएको छ । केही समययता अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच विवाद चर्किएको छ ।

ओली र प्रचण्ड दुवै जना आफु निकट नेताहरुसँग छलफलमा लागिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्