काठमाडौं, ८ बैशाख ।
सरकारको सिफारिसअनुसार राष्ट्रपति कार्यालयले दुई अध्यादेश जारी गरेको छ । संवैधानिक परिषद् सम्बन्धि तथा राजनीतिक दलसम्बन्धि अध्यादेश जारी भएको हो । सहायक प्रवक्ता केशब घिमिरेले अध्यादेश जारी भएको बिज्ञप्तीमार्फत प्रष्ट पारेका छन् ।
संवैधानिक परिषद् सम्बन्धि अध्यादेशमा तीन सदस्यले पनि संवैधानिक परिषद्मा सिफारिस गर्न सक्ने प्रावधान छ भने राजनीतिक दलसम्बन्धि अध्यादेशमा ४० प्रतिशत संसदले पार्टी फुटाउन सक्ने प्रावधान राखिएको छ ।
तराईका केही दललाई फुटाएर सरकारमा सहभागी गराउन यो अध्यादेश ल्याइएको बताइएको छ । तर, यसले नेकपालाई समेत असर गर्ने आँकलन गरिएको छ ।