काठमाडौं । चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि चार जनाको नाम सिफारिस भएको छ । नाम सिफारिस गर्न गठित समितिले प्रा.डा. गुरुप्रसाद खनाल, प्रा.डा. सुजनबाबु मरहट्टा, प्रा. प्रा.डा. सुदीप आचार्य र डा सरला श्रेष्ठको नाम सिफारिस गरेको हो ।
प्रारम्भिक छनोमा परेका १२ जनामध्येबाट खनाल, मरहट्टा, आचार्य र श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरिएको हो ।चिकित्सा शिक्षा आयोगमा निर्देशकका ४ पद रिक्त छन् ।
जसमा मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी ३ वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्त हुनेछन् ।