काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफना ग्राहकहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य एवं कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई समयसापेक्ष प्रविधिमैत्री बनाउन आवश्यक रहेको साथै आफ्ना ग्राहकहरूलाई सहज, सरल माध्यमबाट बीमासेवा उपलब्ध गराउने उद्देश्यले अनलाइन बीमालेख जारी गर्न सकिने गरी मोबाइल एप्सको एक कार्यक्रमको आयोजना गरी सुरु गरेको छ ।
उक्त मोबाइल एप्सको शुभारम्भ नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गर्नुभयो ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले हरेक क्षेत्रलाई समेटदै निर्जीबन बीमाको क्षेत्रमा आफनो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यले कम्पनीको वेभसाइटमा अनलाइन पोर्टल तथा मोबाइल एप्समार्फत उक्त सेवाको शुभारम्भ गरेको हो । उक्त सेवा मार्फत २४सैं घण्टा बीमा सेवा लिन सकिने छ । साथै, बीमितले बीमा गरेको कुनैपनि सम्पत्तिको क्षति भएमा सो वापतको दाबी समेत मोबाइल एप्सको माध्यमबाट कम्पनीमा जानकारीसमेत गराउन सक्ने छ । साथै, ग्राहक महानुभावहरुले आफनो दाबीको अवस्था के–कस्तो रहेको छ भन्ने बारेमा पनि सोही एप्सबाट जानकारी लिन सक्नेछन् ।
उक्त समारोहमा प्रमुख अतिथि नेपाल बीमा प्राधिकरणका अध्यक्ष श्री सूर्य प्रसाद सिलवालज्यूले ग्राहक महानुभावहरुलाई प्रविधि मार्फत बीमा सेवा प्रदान गर्न र दुर दराजमा रहेका ग्राहकहरुलाई समेत समेटनको लागि कम्पनीले मोबाइल एप्सको माध्यमबाट सेवा सूचारु गरेकोमा धन्यवाद दिनुभयो । साथै, श्री सिलवालज्यूले शुरुमा प्रविधिका लागि लागत बढेपनि विस्तारै प्रशासनिक तथा अन्य खर्च कम भई अन्तत्वगत्व समग्र बीमा क्षेत्रमा नै सकारात्मक सन्देश प्रवाह हुने र कम्पनीको व्यवसाय तथा नाफामा समेत बृद्धि हुने जानकारी गराउनुभयो । अत्यमा, कम्पनीले मोबाइल एप्सको माध्यमबाट सेवालाई गुणस्तरीय रुपमा अगाडी बढाउन र बढी भन्दा बढी ग्राहकहरुलाई जोडनको लागि अग्रिम शुभकामना दिनुभयो ।
त्यसैगरी, सोही समारोहमा कम्पनीका अध्यक्ष श्री हेमराज ढकालज्यूले हाल सूचना प्रविधिको तिब्र गतिमा विकास भै रहेको परिप्रेक्ष्यमा कम्पनीका ग्राहक महानुभावहरुलाई पनि प्रविधिको माध्यमबाट सहज सेवा प्रदान प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन सहज हुने र निर्जीवन बीमा क्षेत्रमा एक उत्कृष्ट बीमा कम्पनीको रुपमा स्थापित गर्ने लक्ष्य कम्पनीले लिएको जानकारी गराउनुभयो ।