Logo
Logo

लकडाउनमा हिंसाको जोखिममा महिला र बालबालिका, डिजिटल उजुरीमा प्रहरीको आग्रह


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ९ बैशाख
लकडाउनअवधिमा समग्र अपराधका घटनामा ९० प्रतिशतकमीआएको छ । तर, यो अवधिमा महिलारबालबालिकाभने घर आसपासमै असुरक्षितहुनथालेकाछन् । लक डाउनभएदेखि एक बैसाखसम्मको२१ दिनमा ८६ वटा बलात्कार र७२ घरेलु हिंसाका घटना प्रहरीमा दर्ता भएका छन् ।

 

डिएसपी दिप्ती कार्की

प्रहरीको तथ्यांकअनुसार लकडाउनको अवधिमाऔसतमा दैनिक ३ भन्दा धेरैबलात्कारका घटना भएका छन् । जसमा धेरै बालिका छन् । धेरै जसो बलात्कारका घटना आफन्ततथा छिमेकीबाट भएको प्रहरीले जनाएको छ ।

११ चैतदेखि १ बैसाखसम्मको अवधिमा७६ वटा बलात्कार तथा १० वटाबलात्कार प्रयासका घटना भएका छन् । सामान्यअवस्थामाबलात्कारका घटना दैनिक ६ वटा हुन्थे । अन्यअपराध ९० प्रतिशत घट्दा बलात्कारका घटना भने आधामात्रै घटेको प्रहरीले जनाएको छ ।

यो अवधिमाप्रदेश १,बाग्मतीप्रदेश र प्रदेश ५ मामा १६÷१६ वटा बलात्कारका घटना प्रहरीमादर्ता भएका छन् । प्रदेश २ मा १२, गण्डकीमा ६, कर्णालीमा ९ र सुदुरपश्चिमप्रदेशमा १० वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ । यो अवधिमा काठमाडौंउपत्यकामामात्रै पाँच वटा घटना भएका छन् । प्रहरी प्रधानकार्यालयकाअनुसार माघमा देशभर बलात्कारकादुई सय रफागुनमादुई सय ४६ घटना दर्ता भएकाथिए ।
प्रहरी प्रवक्ताएसएसपीउमेशराजजोशीलेलकडाउनको समयमाअन्यअपराध घटेपनिमहिलारबालबालिकामाथिकाअपराधभने तुलनात्मक रुपमा धेरै रहेको बताए । ‘घर बाहिर हुने अपराध घटेका छन्,’ उनले भने,‘घरभित्रकाअपराधका घटनाको संख्याअहिले सबैभन्दा धेरै छ ।’
प्रहरीको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवानिर्देशनालयले गरेको अध्ययनअनुसार यतिबेला अधिकांश पीडितबालबालिका छन् । पीडक धेरै आफन्तछ । ‘लकडाउनमा आफन्तबाटै बालबालिका असुरक्षित देखिएका छन्,’निर्देशनालयमा कार्यरत डिएसपी दिप्तीकार्कीले भनिन् । यस्तो अवस्थामा बालबालिकाको बिशेष ख्याल गर्न प्रहरीले अनुरोध गरेको छ । यसबारे प्रहरीले दैनिक टोल–टोलमा माइकिङ समेत गर्दै आएको छ ।

खासगरी अभिभावक नभएका बालिकाहरु जोखिममा देखिएको प्रहरीले जनाएको छ । जोखिममा रहेका कतिपय महिला तथा बालबालिकाको प्रहरीले उद्धार समेत गरेको छ ।

घरेलु हिंसाका ७२ घटना
लकडाउनको २१ दिनमा७२ जनाले प्रहरीमाघरेलु हिंसाकाउजुरी दर्ता गरेका छन् ।सामान्य अवस्था मामासि ककरिब एक हजार उजुरी दर्ता हुने गरेकाथिए । उजुरीको संख्या घटेपनि हिंसाका घटना भने नरोकिएको प्रहरी आँकलन छ । ‘फोनबाट उजुरी गर्नेको संख्या ठूलो छ,’ डिएसपी दिप्तीकार्कीले भनिन्,‘धेरैजसो श्रीमानविरुद्ध उजुरी परेका छन्, कतिपयलाई हामीले फोनबाटै परामर्श दिएका छौं ।’

उजुरी परेको भन्दाअझ धेरै महिला हिंसामा रहेको प्रहरीको अनुमानछ । प्रहरी कार्यालयमा जान नसक्ने र अन्य उपायबारे जानकारी नभएकाले पनिउजुरी कम परेको हुनसक्ने डिएसपी कार्कीले बताईन । ‘अहिलेको अवस्थामा घरेलु हिंसा रोक्नहामीले फोनबाटै उजुुरी लिइरहेका छौं,इमेल र मोबाइल एपबाट पनि हामीलाई उजुरी आइरहेका छन्, धेरैलाई यस्तो प्रक्रियाबारे जानकारी नहुन सक्छ,’उनले भनिन् ।
लक डाउनको अवधिमाघरेलु हिंसाका घटना उपत्यकाका १० सहितबाग्मतीप्रदेशमा सबैभन्दा धेरै २३ वटा दर्ता भएका छन् । प्रदेश १ मा २, प्रदेश २ मा १३, गण्डकीमा ३, प्रदेश ५ मा ११, कर्णाली ४ र सुदुरपश्चिमप्रदेशमा १६ घटनादर्ता भएका छन् । गतमाघमा एक हजार ४९ तथाफागुनमा एक हजार ९४ वटा उजुरी प्रहरीमादर्ता भएकाथिए ।

लकडाउनको अवधिमा महिलातथा बालबालिकाविरुद्ध हुनसक्ने अपराधविरुद्ध बिशेष सावधानी अपनाइएको प्रहरीले जनाएको छ । यस्तो अवस्थामा उजुरी गर्न प्रहरी कार्यालयसम्म पुग्न कठिन हुने भएकाले डिजिटल माध्यमबाट उजुरी गर्न प्रहरीले सामाजिक सञ्जालमार्फत सर्वसाधरणलाई आह्वान गरेको छ । प्रहरीको सूचनामा भनिएको छ,‘कोभिड– १९ ले निम्त्याएको विषय परिस्थितीमा महिला, बालबालिका, जेष्ठ नागरिक वा जोखिमपूर्ण अवस्थामा जो कोही विरुद्ध हुनसक्ने घरेलु, यौनहिंसा वा अन्य लैंगिक हिंसालाई तत्काल सम्बोधन गर्न नेपाल प्रहरी तत्पर रहेको छ । कृपया हिंसा सहेर वा हेरेर नबसौं, बेलैमा उजुरी गरौं ।’

डिजिटल उजुरीलाई प्रोत्साहन गरेका छौं
डिएसपी दिप्ती कार्की, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय
लकडाउनपछि महिला तथा बालिकाविरुद्धको अपराध पनि घटेका छन् । तर, पनि यो बेला महिला तथा बालबालिकाहरु जेखिममै देखिन्छन् । अहिलेको अवस्थामा जबरजस्तीकरणी र घरेलु हिसांका घटना प्रहरीमा धेरै दर्ता भएका छन् । जबरजस्तीकरणी घटनाका पीडितमा बालिका धेरै छ । परिचित व्यक्तिहरुबाटै यस्ता घटना हुने गरेका छन् । करिब ७० प्रतिशत घटना आफन्तबाटै भएको देखिन्छ । कतिपय घटना त परिवारकै सदस्यबाट पनि छन् ।
घरेलु हिंसाको उजुरी दर्ता सामान्यअवस्थामाभन्दा ९० प्रतिशतकम छ । प्रहरीको हटलाइनमा फोन गर्ने र अन्य माध्यमबाट उजुरी गर्ने संख्याचाँही ठूलो छ तर, जाहेरी नै दर्ता चाहीकम छ । फोनबाटै पनिहामीले कतिपयको उजुरी सम्बोधन गरेका छौं । खासगरी श्रीमानविरुद्धका उजुरी धेरै छन् । घरेलु हिंसामा ८० प्रतिशतउजुरी श्रीमानविरुद्धका छन् । मानसिकयातनादिएको भनेर उजुरी गर्नेहरुको बाहुल्यता छ ।
विश्वमा धेरै देशमाअहिले लकडाउनको अवस्थामामहिला हिंसा बढेका छन्, उजुरी पनि बढेको छ । हाम्रोमाउजुरी कम छ । यसको कारण अहिले प्रहरी कार्यालय जाननसिकने र अन्यमाध्यमबारे थाहानभएर पनि हुनसक्छ । यही कुरालाई ध्यानमा राखेर हामीले डिजिटल माध्यमलाई प्रोत्साहन गरेका छौं ।
नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्