Logo
Logo

व्यक्तिवादी र संक्रिण सोच छाड्न नेता र कार्यकर्तालाई माधव नेपालको आग्रह


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ९ बैशाख ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेता माधव कुमार नेपालले व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहम्बाट वा कुनै प्रकारको आक्रोश, भावावेस वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नभई अहिलेको कठिन समयमा भावनात्मक रुपमा एक भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । नेकपाभित्र विवाद बढेपछि उनले मंगलबार बिज्ञप्ती वजारी गरी यस्तो आग्रह गरेका हुन् ।


सरकारले सोमबार ल्याएको दुई बिधेयकले विवाद निम्तयाएपनि उनले बिज्ञप्ती निकालेका हुन् । उनले विधिअनुसार पार्टी सञ्चालनमा पनि जोड दिएका छन् ।

‘हालविकसितकतिपय घटना क्रमले पार्टी भित्र अनेकांै आशंका र चिन्ताउत्पन्नभएको पाइएको छ । यस्तो अवस्थामाहामीले सिंगो पार्टी पंक्तिलाई भावनात्मक रुपले एकताबद्ध बनाउनजिम्मेवारीका साथ अघि बढ्नु पर्दछ ,’ बिज्ञप्तीमा भनिएको छ,‘पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामाआ–आफ्नो ठाउँबाट योगदानगर्न पनि म सबैलाई आग्रह गर्दछु ।’

यस्तो छ नेता नेपालको बिज्ञप्ती –
२२ अप्रिल, १९४९ मा स्थापित नेपाल कम्युनिस्ट पार्टीको ७१ औँ स्थापना दिवसका अवसरमा संस्थापक महासचिव कमरेड पुष्पलाललगायत संस्थापकहरुको स्मरण गर्दै यस आन्दोलनलाई आजको अवस्थासम्मल्याइ पु¥याउनजीवन आहुतिगर्नुहुने शहीदहरुप्रतिउच्च सम्मानका साथहार्दिक श्रद्धान्जली अर्पण गर्दछु । साथै, कम्युनिस्ट आन्दोलन मार्फत आमूल परिवर्तनका लागि जीवन समर्पण गर्नु हुने नेता–कार्यकर्ता एवं साथ र सर्मथनगर्नुहुने आदरणीय जनसमुुदायप्रति हार्दिक आभार प्रकट गर्दछु ।
मुलुकचुनौतीपूर्ण अवस्थामा रहेको बेलामा नेपाल कम्युनिस्ट पार्टीको दायित्वअझै बढेको छ । नयाँ संविधानजारी भएपछि सम्पन्न निर्वाचनमाजनताले नेपाल कम्युनिष्ट पार्टीलाई दिएको अभिमत सामाजिक न्यायसहितको समुन्नत र समृद्ध मुलुकनिर्माणको अभिभारा पुरा गर्नका लागिहो । नेपालको राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता, अखण्डता र स्वाभिमानलाई बलियो तुल्याउनको लागिहो । यस संदर्भमा कम्युनिस्ट आन्दोलनकाविगतमा टुट–फुट र विभाजनकानकारात्मक अनुभवबाट पाठ सिक्दै हामीले दुई वर्षअघि गरेको पार्टी एकतालाई अझ सुदृढ, दीगो र बलियो बनाउनु यतिबेला सबै नेता–कार्यकर्ताको गहनजिम्मेवारी हो । बलियो र एकताबद्ध पार्टीबाट मात्रै मुलुकको आमूल परिवर्तनको नेतृत्वगर्न र जनताले सुम्पेको जिम्मेबारी कुशलताका साथ पूरा गर्न सकिन्छ ।
राष्ट्रिय राजनीतिमा नेपाल कम्युनिस्ट पार्टीले निर्वाह गरिरहेको नेतृत्वदायीभूमिका पार्टीको विधि–पद्घतितथा संगठनात्मक प्रणाली, नेतृत्वतहबीचको विश्वास, कार्यकर्ताहरुबीचको एकताबद्ध सहकार्य र जनसमुदायको समर्थनबाट मात्र सफलताका साथ पूरा गर्न सकिन्छ । यसर्थ, यस चुनौतीपूर्ण घडीमा म सबै नेता–कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुलाई पार्टी एकताप्रति संवेदनशील रहन, पार्टीलाई एकताबद्ध बनाइराख्न र आपसी हार्दिकताअभिवृद्धि गर्दै पार्टी काममा क्रियाशील रहनआव्हानगर्दछु । हालविकसितकतिपय घटना क्रमले पार्टी भित्र अनेकांै आशंका र चिन्ताउत्पन्नभएको पाइएको छ । यस्तो अवस्थामाहामीले सिंगो पार्टी पंक्तिलाई भावनात्मक रुपले एकताबद्ध बनाउनजिम्मेवारीका साथ अघि बढ्नु पर्दछ । पार्टीलाई विधिकाआधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामाआ–आफ्नो ठाउँबाट योगदानगर्न पनि म सबैलाई आग्रहगर्दछु । व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहम्बाट वाकुनै प्रकारको आक्रोश, भावावेस व ाअनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावितनभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघिबढ्नु हामी सबैको दायित्वहो भन्ने कुरा म स्मरण गराउन चाहन्छु ।
कोभिड–१९ को महामारीले विश्वसहित नेपाललाई आक्रान्त पारिरहेको बेला नेपाल सरकार तथा सरकारको नेतृत्वगरिरहेको पार्टीका हैसियतले सिंगो राष्ट्र, हाम्रो पार्टी सहितअन्य पार्टीका नेता, कार्यकर्ता र जनताको ध्यान महामारीको संक्रमणका बिरुद्ध लड्ने काममा केन्द्रित हुनुपर्छ । यस्तो विषम परिस्थितिमा सरकार र पार्टी कहींबाट पनिमूल जिम्मेवारीबाट ध्यानअन्यत्रमोड्ने, संविधान र कानूनीशासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशंकाउत्पन्नहुने तथा पार्टीको एकतामा आघात पुग्नसक्ने काम–कुरा हुनुहुदैन । विश्व स्वास्थ्य संगठनले जारी गरेका मापदण्ड र नेपाल सरकारले गरेका निर्णयहरुको पालनागर्दै आफू पनि सुरक्षित रहँदै जनताको स्वास्थ्य र जीवन सुरक्षामा केन्द्रित रहन र जन सेवाको भावनाबाट अग्रसर हुन म सबैलाई हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्