काठमाडौं, ९ बैशाख ।
न्वनियुक्त १० डिआईजीलाई इमान्दारीतका साथ जिम्मेवारी पूरा गर्न गृहम्नत्री रामबहादुर थापा बादलले निर्देशन दिएका छन् ।
गृहमन्त्रालयमा आयोजित कार्यक्रममा डिआइजी भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिदै बादलले राज्यले विश्वास गरेर बढुवा जिम्मेवारी प्रदान गरेको भन्दै जिम्मेवारी इमान्दारीपुर्वक पालन गर्दै सृजनात्मक ढंगले कामकारवाहि अघि बढाउन निर्दशन दिएका हुन् ।
‘अहिले हामी कोरोना विरुद्धको लडाइँमा छौ, यो लडाइँमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले अग्रमोर्चामा रहेर काम गर्नुपरिरहेको छ, हाम्रो रणनीति सफल भए हामीले यो लडाइँ जित्नेछौँ, लकडाउन र सामाजिक दुरिलाई प्रवाभकारी कार्यान्वयन गराउनुहोस, सिमानाको कडाइमा विशेष ध्यान दिनुहोस् , मन्त्री बादलको निर्देशन थियो,‘जनतालाई कुनै समस्या भए तत्काल पुग्नुहोस् । सबै प्रदेशको आआफ्नै विशेषता छन्, त्यसलाई मनन् गर्दै काम गर्नुहोस् । प्रदेश सरकारसँग राम्रो समन्वय गर्नुहोस् ।’
गृहसचिव महेश्वर न्यौपानले पनि डिआइजीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै एकरदुई जना सुरक्षाकर्मीले सानो गल्ती गर्दापनि ठुलो बढाईचढाई हुने गरेको भन्दै गल्ती नहोस् भनी विशेष चनाखो रहन प्रहरीलाई निर्देशन दिएका छन् । कार्यक्रममा आइजिपी र ३ जना एआइजीपनि उपस्थित थिए ।
सरकारले आयतबार १० डिआईजीको बढुवा गरी सोमबार पदस्थापन गरेको हो ।
सरुवामा सातै वटा प्रदेश तथा दुई वटा ब्यूरोका प्रमुख फेरिएका छन् ।
आइतबार बढुवा भएका १० डिआईजीको सोमबार पदस्थापन भएको छ । १० मध्ये सात जनाले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् ।
आयतबार बढुवा भएका डिआईजी ईश्वरबाबु कार्की १ नम्बर प्रदेश। धिरजप्रताप सिंह २ नम्बर प्रदेश , बसन्त लामा बाग्मती प्रदेश, घनश्याम अर्याल गण्डकी प्रदेश, रबिन्द्र धानकु ५ नम्बर प्रदेश , बसन्त पन्त कर्णाली प्रदेश र उत्तमराज सुवेदीलाई सुदुरपश्चिम प्रदेशका प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो । २ नम्बर प्रदेशबाहेक अरु रिक्त थिए । २ नम्बर प्रदेशका प्रहरी प्रमुख डिआईजी प्रद्युम्न कार्कीलाई बिशेष ब्यूरोमा जिम्मेवारी दिइएको छ ।
सहकुल थापाको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)मा पदस्थापन भएको छ भने सिआईबीमा कार्यरत निरज शाहीको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ । अरुण बिसीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सूर्य उपाध्यायको सुरक्षा परिषद्को सचिवालयमा सरुवा भएको मन्त्रालयले जनाएको छ । प्रकाशजंग कार्कीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन भएको छ ।
सरकारले प्रहरीको १२ वटा दरबन्दी कटौती गरेर गत साता बढुवा सिफारिस गरेको थियो । बढुवा उपर उजुरी नपरेपछि आइतबार बढुवा गरिएकोमा सोमबार दज्र्यानी चिन्ह लगाइएको छ ।
प्रहरी प्रधान कार्यालयका निर्देशनालयहरुमा डिआईजीको दरबन्दी कटौती भएको छ । कार्य तथा अपराध अनुसन्धान विभाग, प्रशासन तथा मानव स्रोत विकास विभागमा समेत डिआईजी नहुने भएका छन् । लागूऔषध नियन्त्रण ब्यूरो, साइबर ब्यूरो, जुनियर प्रहरी तालिम शिक्षालयका डिआईजी दरबन्दी पनि कटौती भएको छ । दरबन्दी कटौतीले प्रहरीमा असन्तुष्टि छ ।