काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगानी सहजीकरण विधेयकमाथि विज्ञ र सरोकारवालासँग छलफल गर्ने भएको छ । कांग्रेस संसदीय दलले दलको कार्यालय सिंहदरबारमा बुधबार दिउँसो १ बजे लगानी सहजीकरण विधेयकमाथि विज्ञ र सरोकारवालासँग छलफल गर्ने लागेको हो ।
उक्त कार्यक्रमको कांग्रेस राष्ट्रियसभा प्रमुख सचेतक कृष्णबहादुर रोकाय र प्रतिनिधिसभा सचेतक सुशिला थिङले कार्यक्रमको सहजीकरण गर्ने कांग्रेस दलको कार्यालयले जनाएको छ ।
उक्त छलफलमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, वरिष्ठ अधिव्यक्ता राधेश्याम अधिकारी, ओमप्रकाश अर्याल, उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व उपसभामुख पुष्पा भुसाल र नेपाल उद्योग परिषदका प्रतिनिधिले आफ्नो राय राख्ने छन् । कांग्रेसले आफ्ना प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई छलफलमा अनिवार्य उपस्थिति हुन निर्देशन दिएको छ ।