काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक समय सारेको छ । १०औँ राष्ट्रिय महाधिवेशनको तयारी र भइरहेका कामहरूबारे छलफल गर्न आज बिहीबार बोलाइएको बिहीबार बिहानलाई सारिएको हो ।
नेताहरूको व्यस्तताका कारण आजका लागि बोलाइएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि सारिएको कार्यालय सचिव समेत रहेका नेता जीवन श्रेष्ठले जानकारी दिए ।
सो पार्टीको महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा हुँदैछ । त्यसका लागि १८ सय महाधिवेशन प्रतिनिधि छनोट गरिसकेको पार्टीले विभिन्न दस्ताबेजहरू अनुमोदन गर्न मस्यौदा तयार पारेको जनाएको छ ।