कैलाल । कैलालीमा चट्याङबाट दुईजनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका–३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका–१८ एफ गाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्दसिंह बोहराले जानकारी दिए ।
उनका अनुसार डगौराको खेतमा आली बनाउने क्रममा चट्याङ लागि घाइते भएका उनीहरुको उपचारका क्रममा महापार्वती क्लिनिकमा मृत्यु भएको हो । चौधरीको खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागि घाइते भइ सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको छ ।
त्यस्तै घाइते हुनेमा जानकी गाउँपालिका–४ बेलपुरका २९ वर्षकी रीता कठरिया, सोही ठाउँकी वर्ष २३ की सुष्मा डगौरा, भजनी नगरपालिका–६ वर्ष ५५ को रामबहादुर चौधरी, घोडाघोडी नगरपालिका–९ बुदेनी वर्ष ९ की सरस्वती भुल र सोही ठाउँका वर्ष ७ की पारु कठायत र वर्ष १० की खिमा कठायत रहेको बताइएको छ ।