काठमाडौं । पर्यटकीय नगरी पोखराको फेवातालमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाग्लुङ घर भई हाल पोखरा महानगरपालिका–१८ खपौदी बस्ने वर्ष ३३ का सुकबहादुर मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माका अनुसार बुधबार दिउँसो खपौदी स्थित फेवातालमा उनी माछा मार्ने क्रममा डुबेका थिए ।
स्थानीयमार्फत् घटना थाहा पाएलगत्तै त्यहाँ प्रहरी टोली तथा नेपाली सेना खटिई उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षत्रीय अस्पताल पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।