काठमाडौं । भारत जारी आइसिसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ । शुक्रबार बिहान सम्पन्न सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो ।
१० वर्षपछि भारतीय टोली टी–२० विश्वकपको फाइनलमा पुगेको हो । गुयानाको प्रोभिडेन्स स्टेडियममा इङ्ल्यान्डका कप्तान जोस बटलरले टस जितेर बलिङ रोजेका थिए ।
रोहित शर्माको अर्धशतकको मद्दतमा पहिले ब्याटिङ गरेको टीम इण्डियाले इंग्ल्याण्डलाई १७२ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउने क्रममा इंग्लिस टोली १६.४ ओभरमा १०३ रन बनाउँदा अलआउट हुन पुग्यो ।