Logo
Logo

नेकपा विभाजन रोक्न नेताहरुको खुट्टा समातेर ढोग्नमात्र सकेन, तर फुट्यो : विद्यादेवी भण्डारी


14.7k
Shares

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन नेकपा विभाजन रोक्न आफूले पहल गरेको भएपनि सफल हुन नसकेको बताएका छन् ।

शुक्रबार मदन भण्डारी प्रतिष्ठानले धुलिखेलमा गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले देशका लागि आफूले नेकपा विभाजन रोक्न प्रयास गरेको बताएका छन् ।

तत्कालीन नेकपाको विभाजनका बेलामा आफूलाई निकै ठुलो चिन्ता लागेको बताउँदै उनले भने, “०७७ को कुरा हो । त्यतिबेला मलाईभन्दा बढी पीडा कसलाई थियो होला ? झण्डै दुई तिहाइ मत ल्याएको पार्टी यदुवंशी भएर झगडा गरेर फुटेर टुक्राटुक्रा हुन्छ भने मलाई एकदमै चिन्ता हुनु स्वाभाविक हो ।”

भण्डारीले त्यतिबेला आफूले राजनीति नगरेको र आफूले गरेका गतिविधि राजनीति नभएपनि राजनीति गरेको भनेर आरोप लागेको भन्दै भने, “यो राजनीति होइन । यो राष्ट्रका लागि, राजनीति गर्नुपर्छ भने पनि गर्नुपर्छ । एजेन्सी खेल्ने । पार्टी नफुटाउभन्दा राजनीति हुने ? मैले थाहा पाएरै गरेको हुँ । पाँच महिनामा महाधिवेशन हुन्छ भनेर पर्खन आग्रह गर्दा पनि नेताहरूले मान्नुभएन ।”

त्यसवेला आफूले खुट्टा समातेर ढोग्नमात्र नसकेको भन्दै नेताहरूले विपक्षसँग साँठगाँठ गरेकाले समस्या आएको भण्डारीले बताए । उनले एमाले जब अलि अघि बढ्छ त्यतिबेला ठेस लाग्ने गरेको स्मरण गर्दै ०५० सालमा जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याले राष्ट्रले ठुलो घाटा बेहोरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्