Logo
Logo

काठमाडौं पचली भैरवको १२ वर्षे खड्ग सिद्धि जात्रा आज सकिँदै


63
Shares

काठमाडौं । पचली भैरवको १२ वर्षे खड्ग सिद्धि जात्रा आज सकिँदैछ । हरेक १२ वर्षमा विजया दशमीका दिनदेखि शुरु भएर भलभल अष्टमीका दिन खड्ग सिद्धि जात्रा समापन हुने परम्परा अनुसार अबको १२ वर्षको लागि यो जात्रा आज समापन हुन लागेको हो ।

आज तान्त्रिक नाच दिनभर काठमाण्डौको भोछेँ ननीमा देखाएपछि सिजाः खुवाउने परम्परा छ । यसरी सिजा खुवाए भोछेँ ननीमा देवगणको मृत्यु हुने नाचका गुरु भरत मालीले बताए।

त्यसपछि विधिपूवर्क पूजा गरिसकेपछि मृतक देवगणलाई बोकेर मरुटोलमा रहेको काष्ठमण्डप अगाडि विशेष प्रकारले बाजा बजाएर पानी खुवाउने गरिन्छ ।

त्यसपछि देवगणलाई पचली भैरवको देव घर ज्यावहालमा पुर्‍याइनेछ भने ज्याबहालमा पुर्‍याएका देवगणलाई पुनः मान्छे मर्दा बजाइने बाजा, सिबाजा बजाएर टेकुमा रहेको पचली भैरवस्थानमा लगेर परम्परागत विधिअनुसार पूजा गरिसकेपछि देवगणले लगाउने मुकुण्डोलाई टेकु दोभानमा लगेर जलाएसँगै १२ वर्षे जात्रा सम्पन्न हुने गर्छ ।

यसपटकको १२ वर्षे जात्राको तान्त्रिक नाच काठमाण्डौको वटु, मरु, इन्द्रचोक, हनुमानढोका, टोखा, ललितपुरलगायतका विभिन्न ठाँउमा प्रर्दशन गरिएको नाचका गुरु मालीले बताए ।

यसैबीच हरेक वर्ष जस्तै भक्तपुरमा आज बेलुकी नवदुर्गा देव गणले जलसमाधि लिन लागेका छन् । आजका दिन चार महिनाको लागि देवगणले ब्रम्हायणी कुण्डमा गएर जलसमाधि लिने परम्परा छ ।

जलसमाधि लिएपछि आँउदो दशैसम्म भक्तपुरमा नवदुर्गा देवगणको हुँदैन र बडादशैको प्रतिपदादेखि महानवमीसम्म हरेक दिन एकरएक देवीको उत्पत्ति हुने गर्छ ।

यसैबीच काठमाण्डौ साँखुको बज्रयोगिनी देवीको १२ वर्षे कलेवर फेर्ने कार्य शुरु भएको छ । बुधबार न्यास साधन गरेर कलेवर फेर्ने कार्य शुरु भएको हो । देवीको न्यासलाई कलशमा सारेर मूर्तिलाई ममर्त संभार गरिनेछ । कलेवर फेर्ने अवधिभर अर्थात् भाद्र २० गतेसम्म बज्रयोगिनीको मन्दिर बन्द रहनेछ ।

प्रतिक्रिया दिनुहोस्