एजेन्सी । लद्दाखको दौलत बेग ओल्डी क्षेत्रमा शुक्रबार साँझ सेनाको ट्याङ्क (लडाईमा प्रयोग हुने गाडी) दुर्घटना हुँदा पाँच भारतीय सेनाको मृत्यु भएको छ ।
सबै पाँच जनाको शवलाई घटनास्थलबाट निकाली आवश्यक अन्तिम परीक्षणका लागि पठाइएको छ । परीक्षणपछि शबलाई मृतकका आफन्तलाई बुझाइने सुरक्षा अधिकारीले बताएका छन् ।
सेनाले सञ्चालन गरेको टी–७२ ट्याङ्क नदी पार गर्ने अभ्यासका क्रममा दुर्घटनामा परेको थियो । पानीको सतह हिजो अचानक बढेका कारण दुर्घटना भएको रक्षा अधिकारीले बताए । घटनाको समयमा ट्याङ्कमा एक जुनियर कमिश्नर अफिसर र चार जवान गरी पाँच सिपाहीहरू थिए ।