काठमाडौं, १० बैशाख ।
राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीले एकताको घोषणा गरेका छन् । सरकारले ल्याएको अध्यादेशले पार्टी फुट्न लागेपछि उनीहरुले बुधबार मध्यराती पार्टी एकतामा हस्ताक्षर गरेका हुन् । एकतापछि पार्टीको नाम जनता समाजवादी राखेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ४० प्रतिशत सांसदले पार्टी फुटाउन सक्ने प्रावधानको अध्यादेश ल्याएका थिए । जसअनुसार समाजावादी पार्टी फुटेर सरकारमा आउन लागेको थियो । सो कुरा जानकारी पाएपछि उनीहरुले मध्यराती एकता गरेका हुन् । जसअनुसार पार्टी फुट्न समस्या भएको छ ।
अध्यादेश सरकारका लागि आत्मघाती हुने देखिएको छ ।