Logo
Logo

होटलमा बसी क्यान्सरको उपचार गराइरहेका चिनियाँ नागरिक मृत भेटिए


1.6k
Shares

काठमाडौं । भरतपुरको विपी कोइराला क्यान्सर अस्पताल बाहिरको होटलमा एक चिनियाँ नागरिक मृत भेटिएका छन् । यहि असार १० गते उपचारको लागि क्यान्सर अस्पताल पुगेका ५६ वर्षका चिनियाँ नागरिक बियान चाङ्क्सिन आज बिहान अस्पताल बाहिरको होटलमा मृत भेटिएका हुन् ।

क्यान्सर अस्पताल अगाडिको वर्षाना होटलमा बसी उपचार गराइरहेका उनी आज होटलको ट्वाइलेटमा परेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए ।

उनका अनुसार चिनियाँ राजदुतावाससँगको समन्वयमा शव व्यवस्थापन तथा अनुसन्धानको प्रकृया अघि बढाउने तयारी भइरहेको छ । डिएसपी रिजालका अनुसार ६ दिनदेखि बियान होटलमा एक्लै बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्