Logo
Logo

मध्यराती डिएसपी बढुवा, विवादास्पदहरु सिफारिस, व्यवसायिकहरु छुटे


- दृष्टि न्युज/संवाददाता

441
Shares

काठमाडौं, ११ बैशाख ।
बुधबार मध्यराती नेपाल प्रहरीका २४ डिएसपीको एसपीमा बढुवा सिफारिस भएको छ । बढुवा सिफारिसमा केही विवादास्पद अधिकृतहरु परेका छन् ।

प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली नेतृत्वको बढुवा सिफारिस समितिले तुलबहादुर कार्की, होबिन्द्र बोगटी, बेद बिष्ट, राकेश सिंह, राजिब बस्नेत, प्रवीणलाल श्रेष्ठ, सन्तोषसिंह राठौर, शिव बहादुर श्रेष्ठ, शान्तिराज कोइराला, संजय सिंह थापालाई सिफारिस गरेको हो ।
त्यस्तै महेन्द्र खड्का, दीपक पोखरेल, प्रभु ढकाल, सन्तोष भट्टराई, प्रकाश मल्ल, वामदेव गौतम, केदार खनाल, ज्ञानेन्द्र फुयाल, दीपेन्द्र शाही, रामप्रसाद शाह, प्रेम बस्नेत, प्रबिण धिताल, दयानिधी ज्ञवाली र राजेन्द्र धमला सिफारिस भएका हुन् ।

उनीहरुमध्ये सन्तोषसिंह राठौर, राजेन्द्र धमला, सन्तोष भट्टराई, वामदेव गौतम जुनियर डिएसपी हुन् । राठौर नेकपा अध्यक्ष प्रचण्डको पिएसओ बसेकाले उनकै दबाबमा बढुवा भएका हुन्। उनी विवादास्पद अधिकृत हुन् । गौशला वृत्त हुँदा चोरीको कार चढेकोमा विवादमा परेका थिए । हाल सोह्रखुट्टेमा हुँदा पर्यटक लुट्ने गिरोहसँग मिलेमतो देखिएको थियो । पत्रकारलाई कुटेकोमा पनि उनीविरुद्ध मुद्दा दायर भएको छ ।

गौतम नेता वामदेव गौतमको आफन्त हुन् । दरबारमार्ग वृत्तमा कार्यरत हुँदा घुससहित समातिएका थिए ।
त्यस्तै दयानिधी ज्ञवाली घुसकाण्डमा पक्राउ परी सफाई पाएका अधिकृत हुन् ।
आफ्नो ब्याचमा पहिलो र दोस्रो नम्बरमा रहेका भुवनेश्वर तिवारी र ऋषिराज कँडेल अघिल्लो पटक पनि छुटेकोमा यसपटक पनि छुटेका छन् । अमेरेन्द्र सिंहमाथि पनि अन्याय भएको छ ।
राजकुमार सिलवाल, श्यामसिंह चौधरी पनि छुटेका छन् । शक्तिकेन्द्रहरुको सिफारिसलाई आधार बनाएर एसपी बढुवा सिफारिस गरिएको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्