- मोहनकृष्ण श्रेष्ठ, पूर्वराजदूत
सन् १६४८ मा वेष्टफालिया सम्झौता सम्पन्न भएपश्चात् सिमानासहितको सार्वभौम राज्यहरु खडा हुन थालेका हुन् । त्यसपश्चात् विस्तारै राज्यहरुले एकआपसका सर्वाधिकार सम्पन्न व्यक्तिको रुपमा राजदूतहरु आदान–प्रदान गर्न थाले । पुरानो जमानामा यसरी नियुक्ति हुने राजदूतहरुमा युद्व घोषणा गर्ने वा शान्ति सम्झौता घोषणा गर्ने अधिकारसम्म हुन्थ्यो । हाल आएर यस्तो अवस्था छैन । राज्यको क्षेत्र विस्तारै गर्नको लागि युद्व गर्ने अवस्था पनि छैन । अन्तर्राष्ट्रिय कुटनीतिक क्षेत्रको विस्तार तथा बढावाले विश्वमा शान्ति तथा स्थायित्व कायम गर्न अनवरत रुपमा काम गर्दै आएकोछ ।
कुटनीतिमा राजदूतपछि विभिन्न अन्य पदहरुको अलावा कन्सुल अथवा वाणिज्यदूत पनि हो । कन्सुलहरुले खासगरी विदेशमा रहेका आफ्नो नागरिकलाई हेरविचार गरी सहयोग गर्ने जिम्मेवारी तथा देशको व्यापारलाई सहजीकरण गर्ने जिम्मेवारी पनि बोकेको हुन्छ । कुनै पनि देशले अन्य देशको प्रमुख शहरमा आफ्नै बजेट खर्च गरी राजधानीमा राजदूतावासको अलावा महावाणिज्यदूतावासहरु खोल्न सक्दछन् । यसका लागि होष्ट सरकारको स्विकृति भने आवश्यक पर्दछ । उदाहरणको लागि नेपालले हालसम्म चीनको ल्हासा, हङकङ, तथा ग्वान्गजाओ, भारतको कोलकाता, साउदी अरेबियाको जेद्दा तथा न्युयोर्कमा महावाणिज्यदूतावास खोलेको छ । त्यहाँ महावाणिज्यदूत, वाणिज्यदूत तथा अन्य कर्मचारीहरु पनि कार्यरत रहन्छन् । यस्ता कर्मचारीहरुको सम्पूर्ण तलवभत्ता, सेवा तथा सुविधा सरकारी वजेटबाटै व्यहोरिन्छ ।
कुटनीतिमा अर्काे एउटा पद पनि छ । त्यो हो Honorary Consul जसको नेपाली भाषामा अवैतनिक वाणिज्यदूत भनिन्छ । यसो छापाहरुमा आइरहेको विभिन्न समाचारहरुमा यो पदलाई विभिन्न नामहरु दिइएको पाइन्छ । तर, खासमा भन्नुपर्दा Honorary Consul लाई अवैतनिक वाणिज्यदूत नै भन्नु पर्दछ । यो तलवबिनाको पद हो । यो पद पनि कुटनीतिको महाग्रन्थ सन् १९६१ को भियना अभिसन्धीमा वर्णित छ । तर यस पदकाबारे धेरै कुराहरु व्याख्या भने गरिएको छैन ।
अवैतनिक वाणिज्यदूतमा नियुक्ति गर्न चाहेको मुलुकले मित्र राष्ट्रको उपयुक्त नागरिकलाई रोज्ने र होष्ट सरकारले स्विकृति दिएमा नियुक्ति गर्ने हो । साथै होष्ट सरकारले यो पदमा नियुक्ति हुने व्यतिलाई सामान्य सुविधाहरु दिने, तर के कस्ता सुविधाहरु दिने भन्ने होष्ट सरकारकै तजविजमा भर पर्दछ ।
खासगरी धेरै देशहरुमा अवैतनिक वाणिज्यदूतहरुलाई होष्ट सरकारहरुले यस्लाई कुटनीतिको एउटा पाटोको रुपमा लिएता पनि खास कुनै सुविधा भने दिएका छैनन् । सरसुविधाका वारेमा कुनै एक रुपटा छैन । प्रत्येक राष्ट्रको राजधानी शहरमा अवैतनिक वाणिज्यदूतको एउटा क्लव हुने र डीन पनि हुने व्यवस्था रही आएकोछ । साथै, विश्वभरीका यस्ता क्लवहरुको सगठनको छाटा संस्थाको रुपमा ब्रुसेल्समा एउटा अन्तर्राष्ट्रिय अवैतनिक वाणिज्यदूतहरुको संस्था स्थापित छ ।
तर, अवैतनिक वाणिज्यदूत कुनै पनि एउटा सार्वभौमसत्ता सम्पन्न मुलुकको प्रतिनिधि भने निश्चयनै हो । निजको कार्यालयमा नियुक्ति गर्ने मुलुकको झण्डासम्म राख्न पाउने अधिकार हुन्छ । राजदूतावास नभएको अवस्थामा यस्ता दुत नियुक्ति हुने हुँदा अवैतनिक वाणिज्यदूतले दुई देशबीच विभिन्न अवसरहरुमा सहजीकरणको काम गरी आफ्नो जिम्मेवारी निभाउन सक्दछन् । राजदूतावास स्थापना गर्दा खर्च बढी लाग्ने भएकाले कतिपय आर्थिक श्रोतको कमी भएका मुलुकहरुले अवैतनिक वाणिज्यदूतको नियुक्ति गरी काम चलाएको पनि देखिन्छ ।
कतिपय परिस्थितिमा यस्तो कदमलाई उपयुतm पनि मान्न सकिन्छ । यसको साथै यस पदमा नियुक्ति पाउने उपयुत व्यतिm भएमा निजले दुई देशबीच सम्बन्ध बढाउन राम्रो भूमिका खेल्न पनि सक्दछ । तर, नियुक्ति लिएपश्चात् निश्क्रिय रहने व्यक्ति पर्यो भने नियुक्ति गर्ने देश तथा होष्ट सरकारलाई पनि कुनै फाईदा हुँदैन । दुवै देशलाई फाइदा हुने गरी सक्रिय भूमिका खेल्नुपर्ने अवैतनिक वाणिज्यदूत जस्तो व्यक्तिले आप्mनो जिम्मेवारी बुझ्नु जरुरी हुन आउँदछ ।
अवैतनिक वाणिज्यदूत सँग मेरो अनुभव
मैले जुन २०१० देखि अगष्ठ २०१४ सम्म फ्रान्समा नेपालको राजदूतको जिम्मेवारी सम्हाले । सो बखत फ्रान्समा आवासीय राजदूत भइ ग्रीस, मोनाको, पोर्चुगल तथा स्पेनमा गैरआवासीय राजदूतको जिम्मेवारी पनि थियो । फ्रान्सको रुवांमा कार्यरत हाम्रो अवैतनिक वाणिज्यदूत डा.डिडियर वर्नाड, एथेन्समा मि.ईमान्वयल काराभेलाकिस, मोन्टेकार्लाेमा अलेक्जाण्डर मोगादम, पोर्चुगलको राजधानी लिस्बनमा मकरबहादुर हमाल तथा पोर्टाे शहरमा म्याडम मारिया तेरेसा ड क्रुज, स्पेनको बार्सेलोनामा लामो समयदेखि मि.लुईस बेल्भीस नेपाली अवैतनिक वाणिज्यदूतको रुपमा कार्यरत थिए र हालसम्म छन् । सहयोगी तथा मिजासिलो स्वभावले लुईसले ११८ पटक नेपालको भ्रमण गरी सकेको रहेछ । सम्भवतः नेपालको धेरैपटक भ्रमण गर्ने विदेशीहरुमा उनी नै प्रथम हुनु पर्दछ ।
फ्रान्स तथा अन्य चार मुलुकहरुमा कार्यरत हाम्रा अवैतनिक वाणिज्यदूतहरु आआप्mनो किसिमले नेपाललाई सघाउन तथा नेपालको हित प्रवद्र्धन गर्न कार्यरत रहिआएका छन् । २७ मे २०१४ का दिन पेरिसमा उहाँहरु सबैलाई बोलाई एउटा बैठक आयोजना गरी नेपालको परिस्थितिबारे जानकारी गरायौँ । साथै उहाँहरुलाई पनि पालोपालो आआफ्नो कुरा राख्ने अवसर दियौँ । सबैले एकै स्वरमा नेपाल एउटा प्राकृतिक रुपमा सुन्दर देश भै जनता पनि निकै सहयोगी तथा राम्रो स्वभावको धारणा व्यतm गरेका थिए । साथै नेपालमा पर्यटन विकासको प्रचुर सम्भावना रहेकाले यसमा आवश्यक पर्ने पूर्वाधार विकास हुनुपर्ने धारणा पनि राखेका थिए । भोलिपल्ट पेरिसमा राजदूतावासले गणतन्त्र दिवस मनाउँदा उहाँहरु सबैलाई निमन्त्रणा ग¥यौँ, जुन झन् सकारात्मक पक्ष रह¥यो ।
फरक अनुभव
जनवरी २०१४ मा ईटालीको पारिवारिक भ्रमणमा जाँदा रोममा नेपालको अवैतनिक वाणिज्यदूत श्रीपाउलो नुगारीसँग भेट भएको थियो । उहाँले हामीलाई सहयोग दिएर भ्रमणलाई सहजीकरण गरी दिनुभयो । पछि बुझ्दा उहाँप्रति जेनेभास्थित नेपाली राजदूतावास तथा ईटालीमा रहेका नेपालीहरुको निकै सकारात्मक अभिव्यति पाएँ । नेपाल प्रवद्र्धन गर्ने प्रत्येक काममा राजदूतावासलाई सघाउनेदेखि नेपालीहरुलाई सक्दो सहयोग गर्न कहिल्यै पछि नपर्ने उहाँको स्वभाव रहेछ । अर्काेतर्फ सन् २००५ मा सरकारी कामले केन्याको राजधानी नैरोबी पुगेको थिएँ । लामो समयदेखि नेपालको अवैतनिक वाणिज्यदूत पदमा कार्यरत जोसेफ कारुरीलाई धुईपाताल गरी खोज्नुप¥यो । पछि म बसेको होटेलमा भेट गर्न आउनुभयो । अनि तपाइँको कार्यालय कहाँ छ, नेपालको प्रवद्र्धनको लागि काम के के गर्नुहुन्छ भनेर सोधेँ । उहाँले तपाईको सरकारको तर्फबाट कुनैपनि प्रकारको आर्थिक सहयोग नपाएकोले केही पनि गरेको छैन भनि जवाफ फर्कायो । यस्तो अवैतनिक वाणिज्यदूतसँग पनि भेटे ।
अवैतनिक वाणिज्यदूतको जिम्मेवारी तथा हालको अवस्था
काठमाडौंमा हाल विभिन्न ५१ वटा मित्र राष्ट्रहरुको अवैतनिक वाणिज्यदूतहरु कार्यरत रहेको छ । साथै, नेपालले पनि ४१ देशका राजधानी शहरहरुमा आप्mनो अवैतनिक वाणिज्यदूतहरु नियुतm गरेको छ । एउटै देशका विभिन्न ठूला शहरहरुमा विभिन्न व्यक्तिहरुको नियुक्ति पनि भएका छन् । यो कुनै अस्वाभाविक कुरा होइन । राजदूतावास खोल्ने गुन्जाइस नभएको अवस्थामा अवैतनिक वाणिज्यदूत नियुक्ति गरेपनि सहयोग पुग्न सक्दछ । अतः नेपालले पनि आउने दिनमा यस्तो नीति अख्तियार गर्नु उपयुक्त नै हुनेछ । तर यो पदमा नियुक्त पाउने व्यतिm भने आर्थिक रुपमा सक्षम भइ उपयुक्त व्यक्ति हुनै पर्दछ किनकि यो वेतन तथा अन्य कुनै सुविधा पाउने पद होइन ।
काठमाडौंमा हाल धेरै देशका अवैतनिक वाणिज्यदूतहरुको नियुक्ति भएका छन् । यताका केही वर्र्षहरुमा अवैतनिक वाणिज्यदूत हुने व्यक्तिहरु अप्रत्याशित रुपमा बृद्धि भइआएको देखिएको छ । को हुनु हुने, को नहुने भन्ने मापदण्ड भएको देखिँदैन । प्रचलित नियम अनुसार नै नियुक्ति भएको भएपनि कतिपय नियुक्तिको प्रकृति हेर्दा जग हँसाउने खालको छ । अवैतनिक वाणिज्यदूत नियुक्त गरेका कतिपय देशहरुसँग त कुटनीतिक सम्बन्ध बाहेक अन्य खास कुनैपनि प्रकारको सम्बन्ध भएकोसमेत देखिँदैन। केहीलाई छाडी धेरै जसो निश्क्रिय भएको सुन्न पाउँदछौँ ।
हाम्रो सरकारले अन्य देशहरुको तुलनामा उहाँहरुलाई केही सुविधा दिएकै हो । विदेशी राजदूतले राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र पेश गर्ने अवसरमा अवैतनिक वाणिज्यदूतलाई पनि सँगै जान दिने प्रंचलन पनि सम्झन्छु । निलो प्लेटमा झण्डा फरफराएर हिँड्न पाउनुलाई शानकै रुपमा लिन सकिन्छ । पेरिसमा वर्षको ३/४ पटकमात्र राजदूतको गाडीमा झण्ड हालेर फ्रेन्च सरकारले अयाोजना गरेको कार्यक्रममा जान पाइन्छ । अरु समयमा राजदूतले आआफ्नो सरकारी गाडीमा झण्डा फरफराएर हिँड्न मनाही गरेको छ । पेरिस बसाइँताका एकपटक एकजना मन्त्री आउनुभएको थियो । गाडीमा झण्डा फरफराएको नदेखेपछि घुमाउरो पाराले मलाई प्रश्न गर्नुभयो । मैले यही जवाफ दिएपछि उहाँ ठण्डा हुनुभयो ।
अवैतनिक वाणिज्यदूतलाई दुई वटा सरकारको विश्वास जितेको व्यक्तिको रुपमा लिन सकिन्छ । आफुलाई नियुक्ति गर्ने सरकारको हित प्रवद्र्धन गर्नु निजकोे प्रथम कर्तवय हुन आउँदछ भने, दुई देशको बीचमा सेतुको रुपमा काम गर्नु अर्काे महत्वपूर्ण जिम्मेवारी हो । दुई देशबीच पर्यटन, व्यापार तथा अन्य सम्भावित क्षेत्रहरुको पहिचान गरी प्रवद्र्र्धन गर्नु अवैतनिक वाणिज्यदूतको प्रमुख कार्य हुन् । यसमा हाल काठमाडौंमा कार्यरत अवैतनिक वाणिज्यदूतहरुले यी जिम्मेवारी निभाउनुमा कतिसम्म आफु सफल भएको छु भन्ने लेखाजाखा आफैँले गरेमा वेश हुन्छ ।
सरकारले पनि आउने दिनमा यस तर्फ ध्यान पु¥याउनु जरुरी देख्दछु । कुनै योगदान दिन नसक्ने व्यतिmलाई अवैतनिक वाणिज्यदूतमा नियुक्ति गर्नु वा नियुक्ति गर्न स्विकृति दिनु समय खेर फाल्नु बाहेक केह हुँदैन । बरु क्रियाशिल व्यक्तिलाई नियुक्ति गरेमा निजवाट दुई देशबीच आपसी सम्बन्धलाई वढावा दिन यथेष्ठ योगदान हुन सक्दछ । समय समयमा यस सम्वन्धमा मुल्याकन हुनु पर्दछ । हाम्रा राजदूतहरुलाई नियुक्ति भइ विदेश जानुपूर्व Terms of Reference दिइएजस्तै उहाँहरुलाई पनि यस्तै जिम्मेवारी दिइएमा राम्रो होला कि ।
हालसालै कीर्गिस्तानको अवैतनिक वाणिज्यदूत अवैतनिक वाणिज्यदूतावासको नीलो प्लेटवाला गाडीसहित कालोबजारीमा संलग्न रहेकोमा पक्रिएको सनसनीपूर्ण खबर सुन्यौँ । कोरोनाको त्रासले जनता लकडाउनमा बसेको कठिन अवस्थामा आवश्यक पर्ने स्वास्थसम्बन्धि उपकरणको समेत कालोबजारी गर्ने मनसाय । त्यो पनि नामुद उद्योगपति, व्यापारीबाट । यो त हदै भएन र ? साहै्र नै निन्दनीय तथा तृच्छ काम भयो । लोभले लाभ, लाभले विलाप भन्ने उखान चरितार्थ भएको छ । निजविरुद्ध सरकारले तुरुन्तै आवश्यक कदम चाल्यो, जुन सह्रायनीय छ ।
अवैतनिक वाणिज्यदूतको गलत कदमले निजलाई नियुक्ति गर्ने देशलाई पनि लज्जित वनाएको हुनुपर्दछ भने, निजलाई स्विकृति दिने हाम्रो सरकारलाई पनि नमज्जा लागेको हुनु पर्दछ । अतः आउने दिनमा यस पदमा कार्यरत सबैले आफनो जिम्मेवारी तथा दायित्वको ख्याल राख्नु जरुरी हुन हुन्छ । आफुले पाएको पदको गरिमा धान्न नसक्नेले कुनैपनि राष्ट्रको प्रतिनिधि हुन खोज्नु प्रत्युत्पादक हुन सक्छ ।
प्रकाशित मिति : बिहीबार, ११ बैशाख, २०७७