काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधान नै संशोधन नगरी कानुन संशोधन गरे हुने बताएका छन् ।
आइतबार काठमाडौँमा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा बोल्दै अध्यक्ष नेपालले जनताका आशा र अपेक्षा पूरा गर्न कानुन निर्माण गरे हुने बताएका हुन् ।
पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, “जनतालाई खुसी पार्ने र सन्तुष्टि गर्न सकेका छैनौ त्यो हामी आफूभित्र खोज्नुपर्ने भएको छ । संविधाननै संशोधन गर्नुपर्छ जस्तो लाग्दैन मलाई । कानुन संशोधन गरे हुन्छ । कानुन निर्माण गरे हुन्छ, नयाँ संरचना गरे हुन्छ ।”
त्यस्तै, अध्यक्ष नेपालले आफ्नो पार्टी लोकतान्त्रिक मूल्य र मान्यताको आत्मसात् गर्दै अघि बढ्ने बताए । नेपालको राजनीतिमा पहिलो समस्या भ्रष्टाचार भएको भन्दै यसको अन्त्य गर्नुपर्ने र दोस्रो समस्या बृहत् चिन्तनको कमी भएको बताए ।