भनिन्छ, संसार विश्वासमा अड्किएको छ । हामी विश्वासप्रति विश्वास गर्छौँ । ईश्वरप्रति विश्वास गर्छौँ । धर्मप्रति विश्वास गर्छौँ । आफन्त सार्थीभाइप्रति विश्वास गर्छौँ । आफूप्रति विश्वास गर्छौँ ।
बोलीचालीको भाषामा विश्वास सामान्य लाग्छ । तर, यसको अर्थ, आयाम र क्षेत्र बृहत् छ । यो एक अदृश्य शक्ति हो । जसद्वारा सारा संसार चलेको छ । मानिस–मानिसबीचको एकअर्काप्रतिको विश्वास । नाता–सम्बन्धको विश्वास । सोचप्रतिको अविश्वास ।
विश्वास एक शक्तिशाली हतियार हो । आफूभित्रको विश्वासले नै मासिन सर्वश्रेष्ठ प्राणी बनेको हो । तर, यहाँ कसलाई विश्वास गर्ने ? किन गर्ने ? प्रश्न भने व्याप्त छ ।
विश्वासले मानिसलाई सर्वश्रेष्ठ प्राणी बनायो । त्यही मान्छेमा अविश्वासको ठूलो खाडल छ । विश्वासको खडेरी छ । यसको प्रमुख कारण हो– बारम्बारको अविश्वास छ । हामी झुटलाई पनि विश्वास गरिरहेका हुन्छौँ । अन्धविश्वासलाई पनि विश्वास नै ठान्छौ । त्यसैले अहिले विश्वासको खडेरी लागेको हो ।
यहाँ धेरैलाई विश्वास गर्दा धेरै फसेका छन् । दुःख पाएका छन् । झुक्किएका छन् । ठगिएका छन् । सम्बन्ध बिग्रिएको छ । घरबार टुटेको छ । कमाएको सबै सम्पत्ति र सम्मान चौपट भएको छ । त्यसैले विश्वास कसलाई गर्ने÷नगर्ने यो दुबिधा सबैमा छ ।
विश्वास गर्नुपर्छ । सबैप्रति अविश्वास गर्दा जीवन नै चल्दैन । जीवन विश्वासमै टिकेको छ । जहाँ भरोसा गर्न योग्य छ, त्यहाँ विश्वास गर्नैपर्छ । हामीसँग विवेक छ । विचार छ । ठिकबेठिक छुटाउन सक्ने क्षमता छ । ज्ञान छ । त्यसैले सोच विचार गरेर विश्वास गर्नुपर्दछ ।
विश्वास गर्ने ठाउँमा विश्वास गर्नैपर्छ । विश्वास यथार्थमा गर्नुपर्छ । कल्पनामा होइन । कल्पनाले जीवन चल्दैन । जीवन यथार्थमा चलेको हुन्छ । वास्ताकितालाई भरोस गरौँ । तर, अहिले हामी कल्पनामा फसिरहेका छौँ । काल्पनिक कुरालाई विश्वास गरिहरेका छौँ । भ्रमलाई विश्वास मानिरहेका छौँ । जसलाई समस्या निम्त्याएको छ ।
यहाँ सबै ठाउँमा विश्वास टुटेको छ । आमाबुबालाई सन्तानको विश्वास छैन । त्यसैले दिनप्रतिदिन बृद्धाआश्रम बढेको बढ्यै छ । आफ्नै जीवनसाथीको पनि विश्वास छैन । जसले गर्दा डिभोर्स गर्नेको संख्या बढेको बढ्यै छ ।
यहाँ सरकारको विश्वास छैन । प्रशासनको विश्वास छैन । न्यायालयको विश्वास छैन । आफूलाई आफ्नै विश्वास छैन । यसरी विश्वासको खडेरी लाग्नुको मुख्य कारण हो– भ्रम । हामीले थुप्रै भ्रमको खेती ग¥यौँ । भ्रमलाई विश्वास गर्दा धेरै ठगिए । धेरैको घरबार चौपट भयो । नाता सम्बन्धमा दरार ल्यायो ।
नेतालाई विश्वास गर्दा देश बर्बाद भयो । जसले गर्दा जनता आजित बनेका छन् । सत्य कुरा गर्दा पनि विश्वास गर्न छाडिसके । अविश्वासले भय र असुरक्षाको अनुभूति गराउँछ । आक्रोश पैदा गर्छ । अहिले राजनीतिप्रति जसरी आक्रोश पैदा भएछ । त्यो नेता र पार्टीले विश्वास गुमाएपछि भएको हो । नेता र पार्टीको ठग प्रवृत्तिविरुद्ध अहिले जनताले भँडास पोखिरहेका छन् ।
सर्वश्रेष्ठ प्राणीमा आज इमानदारी र नैतिकता हराएको छ । स्वार्थका लागि जे गर्न पनि तयार हुन्छौ । स्वार्थका लागि इमानजमानको बलि चढाउँछौँ । जसले गर्दा नकारात्मक सोच बढेको छ । अरूलाई झुक्क्याउने र ठग्ने होडबाजी चलेको छ । अरूले मलाई ठग्दा हुने, मैले ठग्न नहुने भन्ने भावनाको विकास भएको छ । जसले गर्छ पाप, उसैको हुन्छ फलिफाप भन्ने भाष्य बन्दै गएको छ ।
झुटा कुरालाई विश्वास गर्दा अपराध मैलाएको छ । त्यसका लागि कडाभन्दा कडा नीतिनियम तथा कानुनको व्यवस्था गर्नुपर्ने अवस्था छ । सबै अवस्था हेरेर नीतिनियम, प्रक्रिया स्थापित भएका हुन्छन् । तिनैका आधारमा काम हुन्छ भन्ने मान्यता छ । विडम्बना, बनेको नीति र चलेका थितिलाई वास्ता गरिँदैन, आफ्नो स्वार्थअनुकूल व्याख्या गरिन्छ ।
समयअनुकूल बोली फेरिन्छ । मैले के बोल्नुपर्छ, के बोल्नु हुँदैनभन्दा पनि म के बोल्दा ठीक देखिन्छु र के बोल्दा फाइदा लिन सक्छु भन्ने सोच छ । मनले थाहा पाउँदापाउँदै पनि झूट बोलिरहेको हुन्छौँ । मानिसहरू अरूको कुरामा न्यायाधीश र आफ्नो कुरामा वकिल बनिरहेका हुन्छन् । यस्ता सोच र प्रकृतिका मानिसको जीवनमा फल लाग्दैन । फल लाग्ने पनि रसिलो हुँदैन, रस लागे पनि स्वाद हुँदैन र मृत्युपर्यन्त आत्माको सही स्थानमा बास हुँदैन ।
विश्वास यथार्थमा गर्नुपर्छ । कल्पनामा होइन । कल्पनाले जीवन चल्दैन । जीवन यथार्थमा चलेको हुन्छ । वास्ताकितालाई भरोस गरौँ । तर, हामी कल्पनामा फसिरहेका छौँ । काल्पनिक कुरालाई विश्वास गरिहरेका छौँ । भ्रमलाई विश्वास मानिरहेका छौँ । जसलाई समस्या निम्त्याएको छ ।
मानिसको असल कर्मले नै जीवन सार्थक बन्ने हो । कुकर्मले जुन आफ्नो मनले भन्दै छ यो ठीक छैन । प्रतिकार गर्न सक्दैन भने त्यो जीवित भए पनि मरेतुल्य हो । यस्ता कर्मले क्षणिक त आनन्द मिल्ला, खुसी होला अन्त्यमा पश्चात्तापबाहेक केही हुँदैन ।
कुनै पनि व्यक्तिभित्र दृढ विश्वास भयो कुनै पनि हालतमा उसले हरेक असम्भवलाई पनि सम्भव बनाउन सक्छ । यसको एक उदाहरण हो– अलेक्जेण्डर । उनले आफूभित्रको विश्वासले विश्वको आदिभन्दा बढी भागलाई आफ्नो अधीनमा पारेका थिए ।
कसैलाई विश्वास दिलाउनु ठूलो कुरो होइन, विश्वासलाई कायम बनाई राख्नु ठूलो हो । हरेक मानिसमा कुनै न कुनै रुपमा विश्वासको शक्ति हुन्छ । त्यो विश्वासको आडमा शक्तिको सदुपयोग र दुरुपयोगले मात्र मानिसको व्यवहारलाई दर्साउन सक्छ ।
भनिन्छ विश्वासको शक्तिले ढुङ्गालाई भगवान् र भगवान्लाई मूल्यहीन पत्थर पनि बनाउन सक्छ । यो केवल मानिसको विश्वासको शक्तिमा भर पर्ने कुरा हो । भौतिकवादी दर्शनले संसारको अदृश्य शक्तिलाई बहिष्कार गरेतापनि आजसम्म वैज्ञानिकहरूले अदृश्य शक्ति स्रष्टाको सृष्टिलाई पूर्ण रुपमा गलत दर्शन हो भनेर ठोस प्रमाण राख्न सकेका छैनन् ।
विश्वासबाट व्यक्ति आफ्नो उद्देश्य प्राप्त गर्न अवश्य सफल हुन सक्छ भन्ने कुरामा दुईमत छैन । शक्तिशाली पात्रको रुपमा विश्वसामु चिनिनु आफू भित्रको विश्वासले मात्र सम्भव हुन्छ । स्वर्ग र वैकुण्ठको विश्वास गर्नुको कुनै अर्थ छैन । आजसम्म न कोही स्वर्ग पुगेका छन् ? न त वैकुण्ठमै कसैको बाँस भएको छ । यो कहाँ छ कसैलाई थाहा छैन ।
यो विश्वास गरौँ, यहाँ नै स्वर्ग बनाउन सक्छौँ । त्यसैले सबैले आफ्नो विवेक, विचार, ज्ञान र क्षमतालाई भरपुर प्रयोग गरेर विश्वास गरौँ । भ्रमको खेती नगरौं । विश्वास संसार अडिरहने माध्यम बनिरहोस् । ०००