Logo
Logo

६० किलो सुन प्रकरण : ४६ जना प्रतिवादी, साढे २ खर्ब बढी बिगो


2.1k
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा ४६ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गर्न सुझाव दिएको छ ।

सीआईबीले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न ४६ जनालाई प्रतिवादी बनाउन राय दिँदै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको हो । जसमा २० जना पक्राउ परिसकेका छन् भने अन्य फरार छन् ।

सीआईबीका अनुसार पक्राउ पर्नेमा १४ जना नेपाली रहेका छन् भने अन्य भारतीय र चिनियाँ नागरिक छन् । उनीहरूविरुद्ध २ खर्ब ६६ अर्ब ७६ करोड बिगोसहित संगठित अपराध, सुनको अवैध तस्करी लगायतमा सजाय माग गरिएको छ।

ब्रेक सुमार्फत भएको सुन तस्करीको अनुसन्धान अपूर्ण रहेको जाँचबुझ आयोगको निष्कर्षपछि सीआईबीले पुनः फाइल खोलेको थियो ।

प्रतिक्रिया दिनुहोस्