Logo
Logo

कोरोना कहर : संक्रमितको संख्या ४७ पुग्यो, सनसिटीका दुई जना डिस्चार्ज


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ११ बैशाख । बिहीबार नेपालमा दुई जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । पाटन अस्पतालमा उपचाररत कागेश्वरी मनोहरा नगरपालिका–९ पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिला स्वास्थ्य लाभ गरी बिहीबार डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । योसहित डिस्चार्ज हुनेको संख्या ९ पुगेको छ ।
आरडीटी प्रविधिबाट परीक्षण गर्दा उक्त अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीनजनामा कोरोना संक्रमण देखिएको थियो । पुनः परीक्षण गराउँदा दुईजनामा मात्र संक्रमण देखिएपछि पाटन अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुलाई मूलपानीस्थित नगर अस्पतालका सुरक्षाकर्मी र सेनाको टोलीले ¥यापिड टेस्ट प्रविधिमार्फत परीक्षण गरेको थियो । सनसिटीमा बस्दै आएकी उनीहरु ५ चैतमा बेलायतबाट आएका थिए ।
बिहीबार नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परीक्षणमा जनकपुरका १४ वर्षीय बालक र उदयपुरकी ५५ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको जानकारी दिए । यो सँगै संक्रमितको संख्या ४७ पुगेको छ ।
कोरोना भाइरस आशंकामा पीसीआर र आरडीटी विधिबाट परीक्षण गराएका नमूना ४३ हजार ७ सय २२ पुगेको छ ।गत २४ घन्टामा ३ हजार ३ सय ५ नयाँ नमूना परीक्षण गरिएको छ । सबै प्रदेशबाट आरडीटी परीक्षण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्