Logo
Logo

फोटो पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, ११ बैशाख । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण गर्न अहिले देश लकडाउन छ । यस्तो बेला फ्रन्टलाइन रिर्पोटिङ गर्ने फोटो पत्रकारहरु जोखिम मोलेर आफ्नो भूमिका निर्वाह गरिरहेका छन् । यसैलाई मध्येनजर गर्दै फोटो पत्रकारहरुको संस्था फोटो पत्रकार क्लवमार्फत सुरक्षा सामग्री प्रदान गरिएको हो ।
फोटो पत्रकार क्लवले कोरोना भाइरसको जोखिबाट बच्न फोटो पत्रकारलाई मास्क र स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको हो ।
कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिमा खटिएका फोटो पत्रकार सुरक्षित रहनका लागि आईएमएसका अध्यक्ष दिपक मलहोत्रा, औषधि उत्पादक संघका तर्फबाट महासचिव बिप्लव अधिकारी, देउराली जनता फर्मास्यूटिकल्स प्रालिका कार्यकारी निर्देशक हरिभक्त शर्मा, पूर्वसंचारमन्त्री मोहनबहादुर बस्नेत र नर्भिक अस्पतालका डा. विप्लव सापकोटाले फोटो पत्रकार क्लबलाई उपलब्ध गराएका मास्क र स्यानिटाइजर प्रदान गरेको हो ।
बिहीबार फिल्डमा खटेका ७० जना फोटो पत्रकारलाई मास्क र स्यानिटाइजर वितरण गरिएको क्लबका प्रवक्ता दिपेश श्रेष्ठले विज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्