काठमाडौं । न्याय परिषद्ले ८ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । मंगलबार बसेको परिषद्को बैठकले लोक सेवा आयोगको प्रतिस्पर्धामा पास भएका ८ जनाको नाम सिफारिस गरेको हो ।
जसमा कमलकान्त जोशी, नारायण सापकोटा, वसन्तराज जोशी लगायत रहेका छन् । प्रधानन्यायाधीशले नियुक्ति दिएपछि उनीहरू जिल्ला न्यायाधीश हुनेछन् ।